बाहुण्डाँगी । म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको २१ औँ शाखा अधिबेशनबाट बरुवाल सन २०२० को लागि शाखा अध्यक्षमा भारी मतका साथ बिजयी हुनुभएको हो । अध्यक्ष पदमा भएको निर्वाचनमा बरुवालले ४१ मतका साथ बिजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको थियो । म्याग्दी जेसीजमा रहेका कुल ६० जना मतदाता मध्ये ५५ मत खसेको र त्यसमध्ये १ मत बदर भएर ५४ मत मात्रै सदर भएको मुख्य निर्वाचन आयुक्त कमल विश्वकर्माले जानकारी दिनुभयो । अधिबेशनबाट कार्यकारीणी उपाध्यक्षमा हरि भण्डारी र सन्दिप खत्री, उपाध्यक्षहरुमा सुनिता श्रेष्ठ, कुमार बानियाँ, इन्द्रबहादुर विश्वकर्मा र दिनेशकुमार विश्वकर्मा निर्वाचित हुनुभएको छ । गत पुस २६ गते आयोजित २१ औँ शाखा अधिबेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि स्थगीत भएको अधिबेशनलाई शनिवार मतदान मार्फत सम्पन्न गरिएको हो ।
[caption id="attachment_70110" align="alignnone" width="589"] ????????????????????????????????????[/caption]
म्याग्दी जेसीजको ईतिहाँसमा पहिलो पटक नेतृत्व चयन गर्न मतदान भएको हो । यस अघिका नेतृत्व सर्वसम्मत रुपमा चयन हुँदै आएको थियो । जेसीजमा अध्यक्ष, २ कार्यकारीणी उपाध्यक्ष र ४ जना उपाध्यक्ष प्रत्येक्ष निर्वाचित हुने व्यवस्था छ भने निवर्तमान अध्यक्ष, कानुनी सल्लाहकार, बरिष्ठ कार्यकारीणी उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष, सह–सचिब , सह–कोषाध्यक्ष र शाखा सम्पादक अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष सहितको टिमलाई बिजयीको प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन गरिएको छ ।
[caption id="attachment_70111" align="alignnone" width="589"] ????????????????????????????????????[/caption]
कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापा मगर, मुख्य निर्वाचन आयुक्त विश्वकर्मा, संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु भिमसेन बराईली, नारायणकुमार बराल, नवराज शर्मा, विनय श्रेष्ठ लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई सहित निर्वाचित भएको प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।
शाखा अध्यक्ष खम थापाको समापन र मुख्य निर्वाचन आयुक्त विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित नेतृत्वलाई छिट्टै पद हस्तान्तरण गरिने म्याग्दी जेसीजले जनाएको छ ।