• बाहुण्डाँगी । सल्यान जेसीजले आफ्ना नयाँ कार्यसमितीहरुलाई पद हस्तान्तरण गरेको छ । केहि दिन अघि सर्वसम्मत रुपमा जेसिज २०२० का लागि चयन भएका नयाँ कार्यसमितीहरुलाई सल्यान जेसीजले शनिबार एक कार्यक्रमको आयोजना गरेर पद हस्तान्तरण गरेको छ ।

    शारदा नगरपालिका मेयर सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजका दाङ जिल्लाका विभिन्न शाखाका कार्यसमितीहरु, जनप्रतिनिधि, व्यवसायी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । सल्यान जेसीज २०२० को अध्यक्षमा घनश्याम अधिकारी, कार्यकारी उपाध्यक्षमा डम्बर केसी र सुरज वली, उपाध्यक्षमा मोहन डाँगी, हपिस भण्डारी, तारक बस्नेत र गंगाराम डिसी, महासचिवमा दिपेन्द्र डाँगी, सचिवमा गणेश विक र कोषाअध्यक्षमा दिपक बोहोरा निर्वाचित भएका छन् । सल्यान जिसीजमा कुल ४६ जना सदस्य रहेको बताइएको छ ।

    जेसीजको कार्यालयका लागि कोठा भाडा दिन्छौंः मेयर

    कार्यक्रममा बोल्दै शारदा नगरप्रमुख सुरेश अधिकारीले जेसीज एउटा सामाजिक काम गर्ने युवाहरुको थलो भएको बताएका छन् । उनले आफुले बाल्यकाल देखिनै जेसीजको बारेमा थाहा पाएको र सल्यानमा शाखा ल्याउन आफुले कोसिस गरेपनि नसकेको तर अहिले शाखा आउदा खुसी लागेको अनुभुती सुनाए ।

    जेसीज सल्यानको लागि शारदा नगरपालिकाले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् । उनले तत्कालको लागि नगरपालिकाले जेसीजको कार्यालयका लागि कोठा भाडा दिने र पछि विस्तारै भवन निर्माणमा सहयोग गर्ने बताएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…