• बाहुण्डाँगी । उर्लावारी जेसीजको २२ औँ पदहस्तान्तरण शनिवार सम्पन्न भएको छ । २०१९ का शाखा अध्यक्ष विनोद ओलीले २०२० का अध्यक्ष यादव भण्डारीलाई पदहस्तान्तरणसहित कार्यभार सुम्पेका थिए ।
    यस अघि भएको अधिवेशनले शाखाको कार्यकारीणी उपाध्यक्षमा राजकुमार पोमु लिम्बू र विशाल वाहेती, उपाध्यक्षहरुमा निशान भट्टराई, दिपक न्यौपाने, रोशन घिमिरे र भूपाल काफ्ले सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष सचिन शाक्यले बताउनु भयो ।
    यसैगरी नवनिर्वाचित अध्यक्ष भण्डारीले महासचिवमा टिका भण्डारी, कोषाध्यक्षम तारा खतिवडा, कानुनी सल्लाहकारमा तुलसी श्रेष्ठ, सचिवमा रोजिना सुवेदी र जनसम्पर्क अधिकारीमा सन्ध्या बस्नेत मनोनित गर्नु भएको छ ।
    शाखाका अध्यक्ष विनोद ओलीको सभापतित्व तथा उर्लावारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर विजय गुरुङ, शाखाका संस्थापक अध्यक्ष विष्णु ओलीले बोल्नु भएको थियो । कार्यक्रम संयोजक प्रदिप खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव राजकुमार पोमु लिम्बूले गर्नु भएको थियो । स्मरण रहोस ः यो शाखाले २०२० का लागि एरिया ए सम्मेलनको आयोजना गर्दैछ । नेपाल जेसीजका लागि राष्ट्रिय अध्यक्ष सिनेटर भोलेश्वर दुलाल जन्माइसकेको शाखा समेत हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…