बाहुण्डाँगी । देवदह जेसिज वर्ष २०१९ को ५ औ पदस्थापना सम्पन्न्ँ भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति तथा नेपाल सरकारका पुर्ब राज्य मंत्री अब्दुल रज्जाकले जेसिजमा जस्तै एक व्यक्ति, एक पद, एक कार्यकाल जस्तो उर्दता भावना र संस्कार देशका राजनितिक दलहरुमा रह्यो भने देश विकास हुनको लागि कसैले पनि रोक्न नसक्ने दाबी गर्नुभयो । उहाले तीन सय पैसठ्ठी दिन मात्र आफ्नो हो भनि ठान्न सक्ने हो भने आफ्नो संस्थाको र राष्ट्रको विकास हुने कुरा बताउनु भयो । जेसिजले युवाहरुमा पारेको सकारात्मक प्रभावप्रति खुशी व्यक्त गर्दै देशका लागि युवाहरु यसरी नै लागे भने देशको विकास चाडैँ नै हुनेविश्वस व्यक्त गर्नुभयो। कार्यक्रमका विशष्टि अतिथि रहनुभएका देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले नेतृत्व र ब्याक्तित्व बिकास संगै युवामा सकारात्मक सोचको बिकास गर्न देबदह जेसिसको महत्वपूर्ण योगदान रहेको रहेको बताउनु भयो ।
देवदह जेसिज वर्ष २०१९ का अध्यक्ष केशब अधिकारीले आफ्नो कार्यअवधी भरि कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु भएका कार्यसमिति पदाधिकारी सदस्यहरुलाई धन्यावद ज्ञापन गर्दै कार्यसमिति सदस्य, संयोजकहरु विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्था, राजनितिक तथा समाजिक व्यक्तित्व, व्यवसायी, उद्योगी, बुद्धिजुवि, पत्रकारलाई मायाको चिनो प्रदान गरेका थिए भने उत्कृष्ट युवा पुरस्कार वर्ष २०१९ का लागि शरणकालिका कृषि सहकारीका अध्यक्ष तथा ३५ कठ्ठा जमिनमा अर्गानिक कृषि गरि देवदहलाइ एउटा कृषिमा आत्मनिर्भर बनाउन ठूलो सहयोग पुर्याउनु भएको मान बहादुर गाहालाई प्रदान गरिएको थियो ।उत्कृष्ट पदाधिकारी पुरस्कार देवदह जेसिज वर्ष २०१९ का महासचिव जेसि राजेन्द्र न्यौपानेलाई प्रदान गरिएको थियो। त्यसैगरि अधिकारीले आफूले आइपीपीमा रहेर पनि देवदह जेसिजलाई आगामी दिनमा साथ र सहयोगसंगै राष्ट्रको उत्कृष्ट शाखा बनाउन सदैब तत्पर रहने प्रतिवद्धता जहेर गरेका थिए।
यसैबीच उक्त कार्यक्रममा देवदह जेसिजले संम्बाहक नामक स्मारिका २०१९ विमोचन समेत गरिएको थियो ।
माघ २५ गते भएको निर्वाचनबाट निर्वा्चित देवदह जेसिज वर्ष २०१९अध्यक्ष केशब अधिकारीले देवदह जेसिज वर्ष २०१९ का नव निर्वाचित अध्यक्ष जेसि सुरेन्द्र अधिकारीलाई जेसिज चेन लगाई पद हस्तान्तरण गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक बिष्णुेले अध्यक्षलाई सपथ ग्रहण गराउनु भएको थियो । भने वर्ष २०२० का अध्यक्ष सुरेन्द्र अधिकारीले कार्यकारी उपाध्यक्षमा कमल प्रसाद भण्डारी , यम थापा उपाध्यक्षमा सुरज बश्याल, नारायण अधिकारी , किशन पौडेल,कृष्ण गुरुङ र सह सचिवमा कमला अर्याल, सह कोषाध्यक्षमा शोभा काफ्ले ,मनोनित महासचिव केशब पराजुली कोषाध्यक्ष धर्मराज ढकाल कानुनिक मीन प्रसाद भट्टराईलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य बासुदेब रिमाल , देवदह नगरपालिका वार्ड न।६ का वडा अध्यक्ष दामोदर क्षेत्री देवदह नगरपालिका वार्ड नम्बर १०का वडा अध्यक्ष यक बहादुर सुनार लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सह सचिब कमला अर्यालको स्वागत मन्तव्य तथा संस्थाका महासचिव राजेन्द्र न्यौपानेको संचालन सम्पन्न भएको थियो ।