बाहुण्डाँगी । सुर्खेत महिला जेसीजले शाखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । शनिवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा शाखाका २०२० का पदाधिकारी तथा सदस्यहरुका लागि शाखा व्यवस्थापन तालिम सम्पन्न भएको हो ।
सहभागिलाई शाखाकी पूर्व अध्यक्ष सुष्मा केसीले प्रशिश्रण गराउनु भएको थियो ।
शाखाकी अध्यक्ष प्रमि शाक्यको सभापतित्व तथा पूर्व अध्यक्ष ज्योति कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २०१८ की अध्यक्ष कृति गुभाजु शाक्यको समेत सहभागिता रहेको थियो । तालिम संयोजक गंगा रोकायको रहेको थियो भने धन्यवाद मन्तव्यसँगै मिना गुरुङले कार्यक्रमको समापन गर्नु भएको थियो ।