• विराटनगर, २ माघ ।  राजवंशी समाज उत्थान समिति (विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन् ।  उत्थान समिति केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले १ नं प्रदेशको नाम विराट प्रदेश हुनुपर्ने विगतदेखि नै माग गरिरहेकामा अहिले घोषणा गर्न सम्पूर्ण राजनीतिक दलसँग आग्रह गरे ।

    अध्यक्ष राजवंशीले विराट राजवंशी समुदायलाई आदिवासी जनजाति सूचीमा सूचीतकृत गर्न पनि माग गरे । यसैगरी समितिका मोरङ अध्यक्ष प्रदीपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका माग पूरा नभएमा आन्दोलन गरिने चेतावनी दिए । विरानगर महानगरपालिका र आसपासका गाउँपालिकामा विराट राजवंशीको करिब ५५ हजार जनसंख्या छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…