आचार्य लक्ष्मण भण्डारी,
‘सक्दिनँ’ भन्न सक्ने साहस : धेरैजसो अवस्थामा हामी ठोस निर्णय गर्न सक्दैनौँ । मानिसहरुलाई सकेसम्म सक्दिनँ भन्ने नपरे हुन्थ्यो भन्ने हामीलाई लाग्छ । आफूले सक्ने काम भएदेखि सक्छु, गर्छु भन्दा राम्रो हुन्छ र सकेसम्म सकेको गर्नु पनि पर्दछ, तर भन्दाचाहिँ सक्छु अथवा गर्छु भन्ने तर नगर्ने गर्दा भने हामीप्रतिको मानिसको विश्वास घटेर जाने सम्भावना हुन्छ । मस्तिष्कमा यही विषयले ठाउँ लिन्छ ।
‘फलानोलाई त मैले यसो गर्छु भनेको थिएँ, तर गर्न सकिनँ’ भनेर आत्मग्लानिको अवस्था सिर्जना हुन्छ । दिमागमा नचाहिँदो ह्याङ्ओभर चलिरहन्छ । तसर्थ, कसैलाई पनि फोस्रो आश्वासन दिनुभन्दा सक्ने र तुरून्तै हुने काम भए सक्छु, गर्छु भन्ने र नसक्ने भने अथवा सम्भव नहुने अवस्था भए ‘सक्दिनँ’ भन्न सक्ने साहस गर्न सक्नुपर्छ ।
कसैलाई पनि अल्झाएर वा बल्झाएर राख्दा आफू पनि त्यही विषयसितै अल्झिन र बल्झिन पुगिन्छ । यो बानीले हामीलाई खुला, स्वतन्त्र र सफा रहन निकै सहयोग पु¥याउँछ । यो स्वभावले हामीलाई कुनै पनि बासी विषयलाई मस्तिष्कमा नराख्ने बानीको विकास गराउँछ । जब मन चङ्गा हुन्छ, अनि हामी पनि गङ्गाजस्तै जीवनयात्रामा सलल बग्न सक्दछौँ ।
आपूmलाई मह¤वपूर्ण लाग्ने कामको लिस्ट निर्माण
मस्तिष्कमा अनेक विषयको दौडधूप चलिरहन्छ । मनलाई ती तमाम विषयहरुप्रति लगाइरहने हो भने हामी अनावश्यक मानसिक तनावको चौघेराभित्र कैद हुन पुग्दछौँ । तनाव भनेकै अनेक विषयतिर मनलाई कुदाउनुको परिणाम हो । अनेक कामलाई हामीले कहिल्यै पनि एकैपटक पूरा गर्न सक्दैनौँ । तसर्थ, जुन काम नगरी हुँदैन अथवा आँखाअगाडि छ त्यो काम तत्काल गर्ने गरी योजना बनाउनुपर्दछ ।
जे–जे कामहरु गर्नुपर्ने छन् अथवा मह¤वपूर्ण छन्, तिनको लिस्ट बनाउने गर्नाले मह¤वपूर्ण कामहरु छुट्न पाउँदैनन् । अर्को कुरा, जब ती मह¤वपूर्ण कामहरु हाम्रो लिस्टभित्र समेटिन आइपुग्छन्, हामी बेपर्वाह तिनलाई सम्पादन गर्नेतिर अघि बढ्न सक्दछौँ ।
कामको प्राथमिकीकरण
जब हामीले मह¤वपूर्ण लागेका कामहरुको लिस्ट तयार पार्दछौँ, त्यसपछि क्रमशः तिनलाई प्राथमिकताका आधारमा सम्पन्न गर्दै जानुपर्दछ । जसरी लाइनमा बसेर बिजुली, पानीको महसुल तिर्ने गर्दछौँ त्यसरी नै कामलाई पनि लाइनमा राखेर हामीले प्राथमिकताका आधारमा सम्पादन गर्ने गर्नाले हाम्रो अन्तस्करणले पनि एउटा अनुशासनप्रतिको हाम्रो निष्ठालाई सम्मान गर्न सुरू गर्दछ ।
आत्मसम्मान ठूलो कुरा हो । यदि तपाईं अनुशासित हुनुहुन्छ, नयाँ–नयाँ निर्माण गर्नुहुन्छ, पुरस्कार अथवा उपहार पाउनुहुन्छ त्यतिखेर धन्यवाद दिने अथवा खुसी हुने पहिलो पक्ष भनेको अर्को कोही नभएर तपाईंकै अन्तर्मन हो, अन्तस्करण हो । तपाईंले मह¤व दिएका र प्राथमिकतामा राखेका विषयमध्ये जब एउटा सकिन्छ, अनि मात्र अर्को सुरू गर्नुपर्दछ । पहिला कुन काम गर्ने हो भन्ने सन्दर्भमा अलमल हुँदा पनि तनाव बढ्छ र सम्पन्न गरिने काम सफल हुन सक्दैन ।
बितिरहेको समयको विश्लेषण
हाम्रो मन त्यसै बसिरहन सक्दैन । कुनै न कुनै विषय, व्यक्ति अथवा वस्तुविना मनलाई शान्त राख्ने कुरा निकै गाह्रो कुरा हो, किनकि मनको स्वभाव नै विषयको खोजी गर्नु हो । जुन दिन मनलाई निर्विषय बनाउन सकिन्छ त्यतिखेर नै हामी परमशान्तिको अवस्थालाई प्राप्त गर्न सक्दछौँ । निश्चितरुपमा मनलाई विषयरहित बनाउने कुरा ढुङ्गा चपाउनुसरह छ, तर यसलाई राम्रा–राम्रा विषयहरु उपलब्ध गराउने कुरा भने त्यति साह्रो अप्ठ्यारो छैन । हाम्रो समय कस्ता मानिसहरुसित बसेर बितिरहेको छ ? हामीले कस्तो काम गरिरहेका छौँ ? अथवा हामीले समयको व्यर्थ व्यय पो गरिरहेका छौँ कि !
अनावश्यक खानपान, हिँड्डुल, बसउठ, चिन्तनमनन, भोगप्रयोगमा समयलाई बिताउनाले अनावश्यक हैरानी र दसहन्डर व्यहोर्नु परेको पो छ कि ! अथवा, समयलाई एकदम व्यवस्थित र उपलब्धिमूलक बनाउन थप के–के गर्न सकिन्छ ? भन्नेजस्ता प्रश्नहरुको विश्लेषण गरिरहनुपर्दछ । यसबाट समयको अपव्ययबाट बचेर अधिकतम सदुपयोग गरी शान्त चित्तको विकास गर्न सकिन्छ । समयको उचित व्यवस्थापनले नै हामीलाई सरल जीवनयापनमा ठूलो बल प्रदान गर्दछ ।
एकान्तमा समय बिताउने कला
दैनिक एकान्तमा समय बिताउने बानी ठूलो मानसिक एवम् शारीरिक चिकित्साभित्र पर्दछ । हामी दिनभरि अथवा प्रतिदिन अनेकथरी मानिस, तिनका विचार, तिनका आग्रहपूर्वाग्रह आदिको संसर्गले गर्दा आफ्नो स्वभाव, शक्ति र संसर्गबाट टाढा भएका हुन्छौँ । आपूmसित जति धेरै हाम्रो दूरी बढ्छ त्यति नै हाम्रो जीवन जटिल बन्दै जान्छ ।
मानिसले जबसम्म आफूभित्रको शान्ति, शक्ति र अजस्र सम्भावनाको मेसो पाउँदैन उसको जीवन वास्तविकरुपमा सार्थक पनि बन्न सक्दैन । व्यक्ति सबैको प्रिय हुने र सफलताको शिखरमा पुग्ने उपाय भनेको आफूभित्रको मौलिकताको विकास गरेर मात्रै हो ।
तर, त्यो आत्मपहिचान बाहिरको भीडबाट सम्भव हुँदैन । तसर्थ, दिनमा कम्तीमा एकपटक बिहान अथवा बेलुका सबै काम सकिएपछि शान्त वातावरणमा सकेसम्म सिरसिर हावा चलेको ठाउँमा बसेर मौनतासाथ आपूmलाई नियाल्ने गर्दा बल्ल आपूmसित रहेको अनुभूति गर्न सकिन्छ । सबैलाई भेटियो तर आपैmँलाई भेट्न सकिएन भने जीवनको दौडधूपको कुनै अर्थ छैन ।
एकान्तमा समय बिताउनुको अर्थ मनलाई आफ्ना विषयहरुतिर लगाउने अभ्यास पनि हो । आफ्नो पहिचान, शक्ति, सम्भावनाको खोजीसहित अपार मानसिक शान्तिको अनुभूतिका लागि पनि मौन बसाइँ जरूरी हुन्छ । आजको समयमा त झन् मानिस अत्यधिक व्यस्त भएको अवस्थामा ऊ को हो र गर्नुपर्ने कुरा के–के छुटिरहेका छन् भन्ने कुरा छुटिरहेको अवस्था छ ।
अनि बाहिरी कोलाहल, भीडभाड र अनावश्यक प्रतिस्पर्धाबाट उत्पन्न तनाव एवम् अशान्ति निवारणका लागि पनि एकान्तमा बसेर विषयहीन हुने र अन्तर्मुख भएर असीमित शान्तिको अनुभव गर्ने गर्नका लागि पनि एकान्तमा बस्न जरूरी छ । यसबाट हामी साँच्चै नै ऊर्जाशील हुन पुग्दछौँ ।
अनावश्यक वस्तुलाई किनारा
हामीलाई लाग्छ, धेरै भयो भने त्यसले आनन्द आउँछ र शान्ति मिल्छ । तर, यो शतप्रतिशत भ्रम हो, किनकि आनन्द र शान्ति भौतिक वस्तुको मात्रा जति थोरै हुन्छ त्यति नै बढी हुन्छ । जीवनका लागि प्रमुख आवश्यकताका वस्तुहरु जे–जे हुन्, तीबाहेक अरु सबै बोझ हुन् । हामीले आवश्यकतालाई भन्दा ज्यादा इच्छालाई मह¤व दिने अवस्थामा नचाहिने वस्तु धेरै जम्मा गर्न पुग्दछौँ ।
जब अनावश्यक वस्तुको सङ्ग्रह बढेर जान्छ, अनि तिनलाई व्यवस्थापन गर्नुपर्ने झमेला आइलाग्छ । हामीले यसअघि चर्चा गरेजस्तो झोलामा जति कम वस्तु राखियो, बोझ त्यति नै कम हुन्छ र खुसीको मात्रा धेरै हुन्छ । अनावश्यक वस्तुलाई नहटाएसम्म शुचिता अर्थात् सफाइ सम्भव हुँदैन । जब नचाहिने वस्तुका ठाउँमा चाहिने वस्तु मात्र बाँकी रहन्छन्, अनि अनावश्यक तनाव पनि कम हुँदै जान्छ । सरलता भनेकै आवश्यकतालाई मात्र मह¤व दिने जीवनशैलीको नाम पनि हो ।
ऊर्जाशील मान्छेसितको सत्सङ्ग
जीवनका लागि सत्सङ्गको अत्यन्त ठूलो मह¤व रहेको छ । सत् अर्थात् सत्य र सङ्ग अर्थात् साथ । सत्यसितको साथलाई अथवा ठीक कुरासितको बारम्बारको सम्पर्कलाई नै सत्सङ्ग भनेर भनिन्छ । अझ प्रस्टसित भन्नुपर्दा सत्यलाई स्वीकार्ने, पवित्र विचार भएको, सबैको कल्याण चाहने र असल कुरालाई मात्रै मह¤व दिने मान्छेसितको बसउठ, विचार—विमर्श एवम् अन्तक्र्रियालाई सत्सङ्ग भनेर भनिन्छ ।
यस्ता मान्छेसितको भेटघाटले जीवनको दिशानिर्देश हुन्छ भने मनको शान्ति बढेर जान्छ । जीवनका सुखदुःखलाई सन्तुलित ढङ्गले स्वीकार गर्ने क्षमता पनि बढेर जान्छ । कहिलेकाहीँ हामीले सोचेका कतिपय कुरा कोरा कल्पना मात्र पनि हुन सक्छन् र बाटो गलत हुन पनि सक्छ । यदि हामीले ऊर्जाशील र निर्माणमुखी चरित्र भएका मान्छेसित तत्विषयमा छलफल र विमर्श ग¥यौँ भने आवश्यक सल्लाह, सुझाव र सहयोगसमेत प्राप्त गर्न सक्दछौँ । यदि हामी कुनै विषयमा अनिर्णयको बन्दी बनिरहेको अवस्था छ भने स्पष्ट दिशाबोध गर्न सक्दछौँ ।
कहिलेकाहीँ मनमा कुराहरु खेलेर तनाव हुने गर्दछ, मानसिक जटिलता पनि बढेर जान्छ र ‘के गरुँ, कसो गरुँ’को अवस्था सिर्जना हुन्छ । त्यस स्थितिमा परिपक्व, हँसमुख र ऊर्जाशील मान्छेसित भावना र छटपटी बिसाउँदा पनि आनन्द आउँछ र जटिलताबाट मुक्ति मिल्छ ।
मनोविज्ञानले पनि मानसिक उकुसमुकुस परिपक्व र ऊर्जाशील मानिसका अगाडि बिसाउँदा अपार शान्ति मिल्छ भनेर भनेको छ । जब ऊर्जाशील मानिससित बसिन्छ, अनेकथरी निराशा किनारा लाग्छन् भने स्पष्ट विचारदृष्टिका साथ समस्यासँग लड्दै अघि बढ्ने ऊर्जा प्राप्त हुन्छ ।
दुईटाको ठाउँमा एउटाको छनोट
मानसिक हैरानीको मूल कारण भनेकै मस्तिष्कमा अनेक विकल्पहरुलाई स्थान दिनु हो । हाम्रो बानी अनेकथरी विकल्पहरु तयार गरेर राख्ने किसिमको छ । जति विकल्पहरुमा मन खेल्छ उति नै जीवन जटिल बन्दै जान्छ । निर्विकल्प काम गर्दा जीवनको सारा ऊर्जा त्यसमै लगानी गर्ने अवसर प्राप्त हुन्छ । त्यसैले, विशेषज्ञहरुले दुईटाको ठाउँमा एउटा बनाउने बानी सरल जीवनको अनमोल सूत्र हो भनेर भनेका छन् ।
दुईटा मोटरसाइकल, दुईटा घर, दुईटा कार, दुईटा जागिर, दुईटा जमिन, दुईटा मान्छे आदि जेजति छन् ती सबैलाई हामीले एउटा बनाउने कोसिस गर्नुपर्दछ । यसो गर्दा अतिरिक्त वस्तु वा विकल्पप्रतिको आसक्ति कम मात्रै हुँदैन, त्यसका लागि चाहिने समय, शक्ति र चासो पनि घटेर जान्छ । जब आसक्ति कम हुन्छ, मानसिक शान्तिको मात्रा पनि बढेर जान्छ ।
वर्तमानमा बाँच्ने कला
हाम्रो चित्त प्रायः हिजो र भोलिको स्मरणमा अलमलिइरहेको हुन्छ । या त हाम्रो मस्तिष्कमा हिजोको स्मरण छ, या त भोलिको चिन्ता । यी दुवैका पछाडि लाग्दा हामीले हाम्रो वर्तमानलाई बिर्सिरहेका हुन्छौँ । हामीसँग जीवन छ, समय छ, शक्ति छ, सबैथोक छ । तर, बितेका कुरा सम्झने र आउँदो समयको चिन्ता गर्ने बहानामा हामी कहाँ छौँ र के गर्दै छौँ भन्ने कुरा नै बिर्सिएका छौँ । यसले जीवनलाई जटिल बनाउँछ, किनकि चुनौती त वर्तमानमै हुन्छन् । हाम्राअगाडि जे काम छ त्यो नै सत्य हो, हाम्राअगाडि जुन समय छ त्यो नै सत्य हो ।
गीताले भने चलिरहेको वर्तमानमा ध्यान देऊ भनेर भन्छ । गीताका अनुसार जे भयो राम्रो भयो, जे होला त्यो पनि राम्रै होला र जे भइरहेको छ त्यो पनि राम्रै भइरहेको हुनाले चिन्ता गर्नु व्यर्थ छ । वर्तमानमा कहिल्यै पनि दुःख छैन । यदि दुःख छ भने पनि भोलि र हिजोका कुरासित त्यसलाई जोड्दा मात्रै हुन्छ, अन्यथा हुँदैन । भोलि र हिजोसित वर्तमानलाई जोड्ने रोग नै जीवन जटिलताको मूल हो ।
आजलाई सुन्दर बनाउनतिर मान्छे नलाग्नुको कारण उसको सारा ध्यान र प्रयास हिजो र भोलिमा सक्रिय रहनु हो । तसर्थ, वर्तमानमा बाँच्नु भनेकै सरल हुनु हो । वर्तमानमा जुन शक्ति, समय, सम्पत्ति, प्रतिष्ठा र सन्तुष्टि छ त्यो नै सत्य हो । हिजोको कुरा मरिसक्यो, भोलिको कुरा रहस्यकै गर्भमा छ, तर वर्तमान उपहार हो भनेर दीपक चोपडाले पनि भनेका छन् । तसर्थ, वर्तमानमा बाँचेर नै सरल र स्वस्थ जीवनको विकास गर्न सकिन्छ भन्ने विद्वान्हरुको मत रहेको छ ।
थोरै नै पर्याप्त भन्न सक्नुपर्ने
‘सन्तोषं परमं सुखम्’ भन्ने कुराले गर्दा मानिस अल्छी हुन्छ, प्रगतिको बाटो रोकिन्छ भनेर भन्नेहरु पनि छन्, तर यसको अर्थ काम नगरी हाँत बाँधेर चुपचाप अकर्मण्य बस्नु भनेको होइन । आपूmले सकेको गर्नुपर्छ, प्रयास गर्न छोड्नुहुँदैन, जेजति सम्भावना छ त्यसलाई सक्दो फुलाउने फलाउने प्रयास गर्नुपर्दछ र त्यसबापत जे परिणाम प्राप्त हुन्छ, त्यसलाई निःशर्त स्वीकार गर्नुपर्दछ भन्ने सन्तोषं परमं सुखम्का अर्थ हो । मान्छेको असन्तोषले गर्दा आज सबैभन्दा धेरै घाटा उसलाई नै भएको छ, किनकि उसको असन्तुष्टि कहिल्यै पनि भरिनेवाला छैन ।
तसर्थ, जेजति आफूलाई प्राप्त छ, त्यसलाई पर्याप्त मान्नेहरुले नै अनावश्यक तनाव र जटिलता झेल्नु पर्दैन । मनमा हुने असन्तोषले गर्दा नै समाजमा लोभ, जालझेल, षड्यन्त्र, छक्कापन्जा, हिंसा र अमर्यादित वातावरणको विकास हुने हो । तसर्थ, समयले उपलब्ध गराएका हरेक वस्तु मेरालागि पर्याप्त छन् किनकि यी मैले जस्तो कर्म गरेँ, जति प्रयास गरेँ त्यसकै प्रतिफल हो भनेर सोच्नुपर्दछ । जे छ, पर्याप्त छ भन्ने विचारधाराबाट निःसृत जीवनशैली भएको मान्छे सधैँ सरल र शान्त हुन्छ भन्ने कुरामा कुनै द्विविधा छैन । भौतिक वस्तु जति थोरै भए, त्यति नै पर्याप्त हुन्छन् र सुखदायक हुन्छन् ।
निरन्तर सक्रियता
‘उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः’ अर्थात् मिहिनेत, उद्योग, श्रम नगरी कामहरु कहिल्यै पनि पूरा हुँदैनन् । जसरी हाम्रो मुटु जीवनको अन्तिम अवस्थासम्म धड्किन्छ, श्वास चलिरहन्छ त्यसरी नै जीवन पनि क्रियाशील भइरहनु पर्दछ । जसरी बगेको नदीको पानी सफा हुन्छ त्यसरी नै क्रियाशील मान्छेको स्वास्थ्य, सन्तोष, सम्पत्ति सबै सफा र सुन्दर हुन्छन् । काम नगरी खाने अधिकार कसैलाई छैन ।
नदीको पानी सफा हुन्छ, किनकि नदी निरन्तर बगिरहन्छ, सक्रिया रहन्छ तर पोखरीको पानी फोहोर हुन्छ, पिउन सकिँदैन, किनकि त्यो निष्क्रिय हुन्छ र त्यही कारणले त्यहाँ फोहोर जम्न थाल्छ । निष्क्रिय बस्ने मानिसको जीवन पनि पोखरीजस्तै अशुद्ध, फोहोर र निरर्थक हुन्छ ।
कुलतबाट मुक्ति
जीवनमा जसका सुन्दर बानीहरु छन्, पवित्र संस्कार छ त्योभन्दा सुखी कोही हुँदैन । पैसा, प्रतिष्ठा नभएर पनि ऊ सबैभन्दा सुखी हुन्छ । रक्सी खाने, चुरोट, दुव्र्यसनीको शिकार बन्ने मान्छेसित करोडौँ भएर पनि स्वास्थ्य नहुन सक्छ । स्वास्थ्य नभएर पनि शान्ति र आनन्द पनि हुँदैन । तसर्थ, सुन्दर संस्कार अरबौँको सम्पत्ति हो, तर यो क्षय भएर जाने सम्पत्ति भने होइन । यो त सदैव रहिरहन्छ ।
यदि नराम्रा लतहरु छन् भने तिनका कारण सबैतिर व्यवधान नै व्यवधानहरु मात्र देखिन्छन् । अवरोध नै अवरोध भएको जीवन, अनेक चिन्ता र भयमिश्रित जीवन सरल कसरी बन्न सक्छ ? नदीको पानी र आकाशको रङजस्तो निर्मल कसरी बन्न सक्छ ? तसर्थ, गलत बानीबाट उन्मुक्त नभई सरल जीवन बाँच्न सकिँदैन ।
खुद्रालाई बचत
एक जना पश्चिमी विद्वान्ले खुद्रा पैसा बचत गर्ने बानीलाई पनि अत्यन्त उच्च मह¤वका साथ सिफारिस गरेका छन् । उनी भन्छन्— हरेक साँझ आफ्नो गोजी र पर्स हेरेर एक रूपियाँ, दुई रूपियाँजस्ता साना नोट वा डलरहरु एउटा खुत्रुकेमा नियमित बचत गर्ने बानीले ख्यालख्यालमै सोचेभन्दा राम्रो पैसा बचत हुने र त्यसले सानोतिनो गर्जो टार्न सहयोग गर्छ ।
ती साना र मसिना पैसा पर्समा वा गोजीमा धेरै हुँदा पनि झन्झट हुन्छ, तनाव हुन्छ तर त्यसरी ती तनाव दिइरहेका पैसालाई एक ठाउँमा जम्मा गर्दा तनाव पनि तुरून्तै कम भयो, पर्स पनि सफा भयो र नजानिँदो किसिमले बचत पनि भयो । यसरी, पर्स र गोजी सफाइ अभियानबाट अनावश्यक तनाव कम हुनुका साथै बचत पनि हुने गर्दछ ।
यसप्रकार, सरल जीवनका अनेक सूत्रहरुका बारेमा हामीले चर्चा ग¥यौँ । यसबाहेक पनि अनेक तरिकाले हामीले जीवनका अनावश्यक वस्तुलाई हटाई जीवनलाई सुव्यवस्थित गर्न सक्दछौँ र सरल तुल्याउन सक्दछौँ । माथि चर्चा गरिएका सरल जीवनका सरल तर विशिष्ट सूत्रहरु हुन् । यीबाहेक पनि अन्य विशिष्ट सूत्रहरुलाई हामीले ध्यानस्थ भई विचार ग¥यौँ भने बोध गर्न सक्दछौँ ।
सामान्यतया जीवनको जटिलता हटाउने, तनाव कम गर्ने, स्वास्थ्य एवम् शान्ति वृद्धि गर्ने र बोझरहित भएर अघि बढ्ने काममा जेजस्ता कुराले बल प्रदान गर्दछन्, वास्तवमा तिनलाई नै सरल जीवनका सूत्र मान्न सकिन्छ । आशा छ, ती सूत्रहरुलाई हृदयङ्गम गरी सरल र सुन्दर जीवनयापनमा अघि बढ्ने ऊर्जा हामी सबैलाई प्राप्त हुनेछ । चितवन पोष्टका साथमा ।