काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिएका छन् । सोमबार एक विज्ञप्ति निकालेर सापकोटाले प्रतिनिधि सभाको सभामुको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि आफुले राजीनामा दिएको जनाएका छन् ।
विज्ञप्तिमा राजनीतिक दलको सदस्यबाट अलग भएको कुरा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस भन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउदँछु ।’