• बाहुण्डाँगी । दाङ महिला जेसीजको आयोजनामा औषध दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
    दाङ भ्याली कलेजमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङको प्राविधिक सहयोग रहेको थियो । कलेजका ३ सय भन्दा बढी सहभागिहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवेन्द्रकुमार मल्लले प्रशिश्रण गराउनु भएको थियो । कार्यक्रममा लागु औषध दुव्र्यसनीको परिचय, यसबाट पर्न जाने असर र रोकथामका उपायहरुका बारेमा जानकारी गराइएको थियो ।
    शाखाकी अध्यक्ष जीवा भुषालको सभापतित्व तथा दाङ भ्याली कलेजका प्राचार्य दानबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष विष्णु पुन, शाखाकी पूर्व अध्यक्ष शुशिला पौडेल, सहभागिका तर्फबाट विद्यार्थी मनकुमारी विकलगायतले बोलेका थिए ।
    कार्यक्रम संयोजक नोमिका चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाकी महासचिव संगिता गिरीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…