बाहुण्डाँगी । पोखरा लेडी जेसीजले पोखराको एक विद्यालयमा छात्राबृत्ति तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
रतन पाण्डे माध्यमिक विद्यालयका कक्षा चार मा अध्ययनरत जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका छात्र आयुष बराल र छात्रा मनीषा बि कलाई कक्षा चार देखि एसइइ सम्मको अध्ययनको लागि लाग्ने स्कुल फि, ड्रेस, स्टेसनरी सामग्री सहित सम्पूर्ण खर्च प्रदान गरि बार्षिक रुपमा रू ३५ हजार बराबरको छात्रवृत्ति प्रदान गरी कार्यक्रम सम्पन्न गरियो । पोखरा लेडी जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी शोभा भुजेलको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं १३ का अध्यक्ष लेख वहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्ली राम बराल, विधालय व्यबस्थापन समितिका अध्यक्ष बसन्तराज बराल रहनु भएको थियो । कार्यक्रममा एवाकस म्यान्थल म्याथका डाइरेक्टर एवं मोटिभेसनल ट्रेनर उपेन्द्र अधिकारी, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष मिनु श्रेष्ठ कुँवर, शकुन्तला कोइराला , निवर्तमान अध्यक्ष सपना गिरीको उपस्थिती साथै पोखरा लेडी जेसीज का सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक पवित्रा थापा मगरले गरेकी थिइन् । कार्यक्रमको संचालन पोखरा लेडी जेसीज बर्ष २०२० का सचिव जेसी गायत्री फूयालले गरेकी थिइन् ।