• बाहुण्डाँगी । उदयपुर जेसीजको ९ औँ पद हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
    २०१९ का अध्यक्ष सिनेटर सन्तोष गुप्ताले २०२० का अध्यक्ष ललित नायकलाई आफनो जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । साथै सपथ ग्रहण समेत गराउनु भएको थियो ।
    २०१३ मा उदयपुर जेसीजमा आबद्ध भएका नायकले उपाध्इक्ष, कार्यकारीणी उपाध्यक्ष, कोषाध्यक्ष, कानुनी सल्लाहकार, महासचिव जस्ते पदमा रहेर आफ्नो जिम्ेवारी कुशलतापूर्वक सम्पन्न गर्नु भएको थियो ।
    नवनिर्वाचित अध्यक्ष नायकले महाससचिवमा अनुप ढुङ्गाना, कोषाध्यक्षमा कृष्ण पोखरेल, कानुनी सल्लाहकारमा सर्मिला थापा (सबु), तालिम संयोजकमा मोनालिसा पराजुली, आर्थिक संयोजकमा मिथुन ठाकुर, प्रकरण निर्देशकमा पुरुषोत्तम सापकोटा, उप महासचिवमा विष्णु कार्की, सह कोषाध्यक्षमा नितान्त थापा, युवा संयोजकमा पवन राउत, महिला संयोजकमा अनिषा बुढाथोकी र व्यवस्थापन प्रमुखमा शिवकुमार यादवलाई मनोनित गर्नु भएको छ ।
    शाखाका २०१९ का अध्यक्ष सिनेटर सन्तोष गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अम्बिका थापाले उदयपुर जेसीजको भवन निर्माणका लागि जग्गा व्यवस्थापन सहित निर्माण कार्यमा सहयोग गर्ने बताउनु भयो । यसैगरी विषेश अतिथि त्रियुगा नगरपालिकाकाउप प्रमुख देवी चौधरीेले स्थानीय सरकारसँग हुन सक्ने सहयोग गरेर युवाहरुलाई थप नेतृत्वमा लैजान साथ र सहयोग गर्ने बताउनु भयो ।
    कार्यक्रमको सञ्चालन महासचिव ललित नायकले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …