• रातोकलम अनलाइन
    क्वालालम्पुर,माघ-२

    मलेशियामा विभिन्न कारण बस अबैधानिक भएर काम गर्दै आइरहेका आप्रबाशी कामदारहरु लाइ बैधानिक बन्ने अवसर मलेशियन सरकारले आगामि २०१८ को जुन ३० तारिक सम्म पुन म्याद थपेको नेपाली राजदुतावास क्वालालम्पुरको जारी बिज्ञ्यप्तीमा उल्लेख छ।यश अघि पनि अबैधानिक भइ काम गरीरहेका बिदेशी कामदारहरु लाई बैधानिक बन वा सुरक्षीत घर फर्क भनेर बारम्बार अवसर दिदै आइरहेको थियो।

    यसपटक पनि २०१७ को डिसेम्बर ३१ तारिक सम्म मात्र उक्त कार्यक्रम रहने औपचारिक सुचना मलेशिया सरकारले दिएको थियो।भने उक्त म्याद भर्खरै सकिएको छ।दूतावासले जारी गरेको बिज्ञ्यप्ती अनुसार मलेशिया सरकार द्वारा संचालित रिहाइरिङ कार्यक्रम मार्फत समाबेश भइ पुन बैधानिक बनेर काम गर्न सक्ने छन।र अबैधानिक तबरमा रहेर काम गरीरहेका आप्रवासी कामदारलाई सोइच्छिक घर फिर्ती कार्यक्रम(३+१) अन्तर्गत तोकेको मिति आगामी जुन-३० तारिक सम्म घर फिर्न सक्ने जानकारी पनि उल्लेख गरेको छ।करिब ५ लाखको हाराहारीमा नेपाली कामदार रहेको मलेशियामा अबैधानिक रुपमा काम गर्ने बाङ्लादेश,म्यानमार,नेपालि,पाकिस्तानी र भियतनामि कामदारहरु पनि उल्लेख्य हुन सक्ने सरकारको अनुमान छ।

    आप्रवासी कामदार लाई सुरक्षित रोजगारीको लागी यश अघि पनि दुई पल्ट बैधानिक बन्ने अवसर प्रदान गरीसकेको छ।यहाको कानुन अनुसार मलेशियामा काम गर्न योग्य प्रमाणित भए बैधानिकक्ता दिएर काम लगाउने र कारणबस ब्ल्याक लिस्ट वा अयोग्य भए घर फिर्ती कार्यक्रम मार्फत घर फर्काउने अभियान २०१७ यता मलेशिया सरकारले संचालन गर्दै आइरहेको छ।घर फर्कन चाहाने आप्रबाशि कामदारहरु लाई घर फर्कन सहयोग गर्ने सरकारी आधिकारिक्ता पाएका सस्थाहरुको नाम नेपाली दूतावासले बिज्ञ्यप्तीमा उल्लेख गरेको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…