• बाहुण्डाँगी । धुलाबारी जेसीजको आगामी २०२० को नेतृत्व सागर खनालले सम्हाल्नु भएको छ । शनिवार सम्पन्न ४० औं पद हस्तान्तरणपछि अबको नेतृत्व खनालले सम्हाल्ने जिम्मेवारी पाएका हुन् । २०१९ का अध्यक्ष केशव पोखरेलले आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै आज सम्पन्न भएको छ । एक सामारोहका बिच धुलाबारी जेसीज बर्ष २०१९ अध्यक्ष केशब पोखरेलले बर्ष २०२० का अध्यक्ष सागर खनाललाई जेसीजको अध्यक्ष हस्तान्तरण गर्नु भएको थियो । साथै खनाललाई सपथ ग्रहण समेत गराइएको थियो ।
    नवनिर्वाचित अध्यक्ष खनालले महासचिवमा राजिब प्रसाई, कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष सुभाष रिजाल, कोषाध्यक्षमा रोशन रिजाल र सह सचिवमा इवान लुइटेललाई मनोनयन गर्नु भएको छ । साथै अन्य विभिन्न पदमा समेत मनोनित गर्नु भएको थियो । यसअ अघि भएको साधारसभाको निर्वाचनबाट अध्यक्षमा खनाल सहित कार्यकारीणी उपाध्यक्षमा आस्मा चापागाइ र शेखर गिरी त्यस्तै उपाध्यक्ष बिशाल काफ्ले, प्रभास भण्डारी, दीक्षा काफ्ले र भुमि पौडेल निर्वाचित भएका निर्वाचन आयुक्त सुभाष रिजालले घोषणा गर्नु भएको थियो ।
    यसैगरी सोही समारोहमा धुलावारी जुनियर जेसीजको दोस्रो पद हस्तान्तरण समेत सम्पन्न भएको थियो । २०१९ की अध्यक्ष जान्बी दाहालले २०२० की अध्यक्ष विजेता डाँगीलाई पद हस्तान्तरण गरेकी थिइन् ।
    पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न पद हस्तान्तरण समारोहको उद्घाटन कार्यक्रमकाक प्रमुख अतिथि साझा पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्रले गरेका थिए ।
    कार्यक्रममा धुलावारी जेसीजले वितरण गर्दै आएको विभिन्न अवार्डहरु समेत वितरण गरेको थियो । जसमा विर अवार्डबाट कैलास प्रसाई, निशान्त अवार्डबाट गगन पोखरेल र रावत अवार्डबाट आश्मा चापागाई सम्मानित भएका अवार्ड छनोट समितिका संयोजक एवम् निवर्तमान अध्यक्ष नारायण खनालले बताउनु भयो । साथै शाखाका पूर्व अध्यक्षहरु सिनेटर लिलाप्रसाद भण्डारी, पूर्व अध्यक्ष सुभाष रिजाल, नारायण खनाल र केशव पोखरेलले घोषणा गरेका अक्षयकोषबाट वितरण गरिने पुरस्कार भने वार्षिकोत्सव समारोहमा वितरण गरिने छ । साथै नव निर्वाचित अध्यक्ष सागर खनालले समेत नगद १ लाखको अक्षयकोषको घोषणा गरेका छन् ।

    केशब पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष अनिल भेटवाल, नेपाल जेसीजका पुर्व उपाध्यक्ष तथा मातृ शाखा पाटन जेसीजका २०१८ का अध्यक्ष सुमन कृष्ण श्रेष्ठ, धुलाबारी जेसीजका पुर्व अध्यक्ष कृष्ण कनाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, छिमेकी शाखाका अध्यक्षहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
    कार्यक्रम संयोजक राजिप प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन २०१९ का महासचिव डिल्लीराम भण्डारी र २०२० का महासचिव राजिप प्रसाईले सयुक्त रुपमा गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…