धनकुटा : जिल्लाको पाख्रीबास नगरपालिका २ सान्नेमा बाबुको निधन भएपछि १६ वर्षीया छोरी काजकिरियामा बसेकी छन्।
गत शनिबार पोखराबाट घर फर्कंदै गर्दा सप्तरीको बरमझियामा सवारी दुर्घटनामा ४८ वर्षीय ज्ञानबहादुर कुँवरको निधन भएपछि छोरी विद्यता काज किरियामा बसेकी हुन्।
उनी आमा गंगा र हजुरबुबा शान्तबहादुरको साथ कोरामा बसेकी छन्। गत आइतबार हुने ज्ञानबहादुरकी आमाको वार्षिकीको लागि घर आउँदै गर्दा दुर्घटनामा परेर उनको निधन भएको थियो। पविारका एक सदस्यको वार्षिकीको तयारीमा रहेका परिवारजनलाई ज्ञानबहादुरको दुर्घटनामा परी ज्यान गएको खबर सुन्दा बज्रपात भएको थियो।
उनको पोखराबाट मोटरसाइकलमा घर फर्कंदै गर्दा टिपरको ठक्करबाट घटनास्थलमा नै निधन भएको थियो। अकल्पनीय खबरले मर्माहत बनेको मृतकका बाबु (विद्यताका हजुरबुबा) शान्तबहादुरले बताए।