• माघ १४, पथरी ।
    भनिन्छ “प्रथना गर्ने हात भन्दा सेवा गर्ने हात पवित्र हुन्छ” त्यही हातलाई अझ पवित्र बनाउदै युवा जोसका साथ अगाडी बढेका वडा अध्यक्ष हुन सागर राई ।
    पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० का अध्यक्ष राई आर्थिक अवस्था कमजोर भएका वडा वासीका लागि भरोसाको केन्द्रको रुपमा रहेको नाम हो ।
    राई जनप्रतिनिधि हुनु भन्दा अगाडी पनि सामाजिक कार्यमा सक्रिय युवाको रुपमा स्थापित व्याक्ति हुन ।
    उनि जनप्रतिनिधि हुनु भन्दा अगाडी नै असल नागरीकको रुपमा नगरमा परिचित व्याक्ति पनि हुन ।
    सोही छविलाई निरन्तरता राईले पछिल्लो समय आर्थिक अवस्था कमजोर भएर उपचार गर्न बाट बञ्चीत रहेका व्याक्ति हरुलाई सहयोग गर्दै आएका छन् ।
    पछिल्लो समय राईले न्युन आर्थिक अवस्था भएकै कारण उपचार बाट बञ्चित वडा नम्वर १० की दिर्घरोगी उमा विश्वकर्मालाई नगद १० हजार सहयोग प्रदान गरेका छन । राईले सो रकम आफ्नो मासीक तलब भक्ता बाट कटाएर सहयोग गरेका हुन ।
    लामो समय भारतमा बसेर आएकी उमालाई दिर्घरोग लागेको थाहा पाए पछि उनको उपचारमा सहयोग गर्ने हुेतुले आफुले आफ्नो तलव भक्ताको केहि अंश सहयोग गरेको बताए ।
    बिभिन्न समयमा जनताको घर दैलोमा पुगीरहने राई वडा वासीका लागि पथ प्रर्दशकको रुपमा रहेका छन् ।
    समाजको लागि आफ्नो आर्थिक, भौतिक र मानबिय हिसाबले सकेसम्म सहयोग गर्दै आइरहेका वडा अध्यक्ष थुलुङले आउने दिनमा आफ्नो वडाको सडक बाटो बिस्तार, सडक बत्ती र अन्य बिकासको कार्यलाई प्राथमिकता दिने बताएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …