• काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले गिरावट आएको छ । सेन्सेटिभ परिसूचक ०.४८ अङ्कले घटेर २७८.६७ मा पुगेको छ ।

    आज कुल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु १ अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये ४ उपसमूहको शेयर ओरालो लाग्यो भने ८ उपसमूहको शेयर उकालो लागेको छ ।

    बैंकिङ १.१२ अङ्कले घट्दा व्यापार २३.५६, होटल ३९.४२ र जलविद्युत् उपसमूहको शेयर ८.२१ अङ्कले घटेको छ भने विकास बैङ्क ०.१, वित्त ०.५७, निर्जीवन बीमा १४१.३३, उत्पादन ४.४३, अन्य ४.०४, लघुवित्त ४२.५८, जीवन बीमा १५९.२८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढेको छ ।

    कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ९ करोड ९५ लाख ८५ हजार ३०६ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड ९९ लाख ११ हजार ४, नेको इस्योरेन्स कम्पनीको रु ४ करोड ६१ लाख ९ हजार ३८५, नेपाल बैंकको रु ४ करोड ५६ लाख ५६ हजार ६, नागरिक लगानी कोषको रु ४ करोड ४७ लाख ९३ हजार ७४२ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु ४ करोड २५ लाख ८४ हजार ७८ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

    आज सबैभन्दा बढी शिखर इन्स्योरेन्सका लगानीकर्ताले कमाए । शिखरका लगानीकर्ताले ८ प्रतिशतले कमाए । यस्तै नेडेप लघुवित्त वित्तीय संस्था ६.६२, नागरिक लगानी कोष ६.०२, एभरेष्ट इस्योरेन्स ५.८१, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९५, समृद्धि फाइनान्स कम्पनी ४.८५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरधनीले ४.७७ प्रतिशतले कमाए ।

    स्टकका अनुसार गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयरधनीले आज सबैभन्दा बढी ४.३४ प्रतिशतले गुमाए । यस्तै रसुवागढी हाइड्रोपावर ४.०४, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.२९, साल्ट ट्रेडिङ कर्पोरेशन ३.१७, साञ्जेन जलविद्युत् कम्पनी ३.०४ र सिन्धु विकास बैंकका लगानीकताले ३.०३ प्रतिशतले गुमाए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…