बाहुण्डाँगी । इमडोल जेसीजको नवौँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । २०१९ की अध्यक्ष सावित्रा ढुङ्गानाले २०२० का अध्यक्ष सोनितराज ढुङ्गेललाई पद हस्तान्तरण गर्नु भएको थियो ।
यस अघि भएको साधारणसभाबाट कार्यकारीणी उपाध्यक्षमा कृती भट्टराई र इच्छा गुरुङ निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा सन्जु कुइकेल, कृपा तिवारी, सुमी ढुंगाना, मेनुका बस्नेत निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष ढुङ्गेलले कानुनी सल्लाहकारमा राजु सुवेदी, महासचिवमा सुदन थापा, कोषाध्यक्षमा बिना दाहाल, तालिम संयोजकमा प्रकाश आचार्यलाई अध्यक्ष ढुंगेलले मनोनित गरेका छन् ।
शाखाकी अध्यक्ष सावित्रा ढुङ्गानाको सभापतित्व तथा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेपाल जेसीसमा पूर्व अध्यक्ष राजु केसी, एरिया सीका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सोभा खरेल, एरिया सीका राष्ट्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल, राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय उपाध्यक्ष राम बहादुर बोगटी, मातृशाखा सितापाइला जेसीसका अध्यक्ष अभिसेक दुलाल, वडाअध्यक्ष लक्ष्मण रोका लगायत जेसीससंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल जेसीजकी कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल, पूर्व कार्यकारीणी उपाध्यक्ष विकाश मानान्धर, पूर्व कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल र गौरीदेवी ढुंगानालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा २०१९ की अध्यक्ष सावित्री ढुंगानाले २०२० नवनिर्वाचित अध्यक्ष सोनीतराज ढुंगेललाई सपथ ग्रहणसँगै जेसीज चेन हस्तान्तरण गरेकी थिइन् ।