• बर्दिया, १५ माघ । बर्दियामा सरकारद्धारा प्रतिवन्धित नेकपा विप्लप समुह र प्रहरीबीच दोहोर गोली हानाहानमा एक जना प्रहरी जवान गम्भिर घाइते भएका छन् ।

    प्रहरीका अनुसार मधुवन नगर पालिका वार्ड न ४ मौवा स्थित जंगलमा रहेको एनसेलको टाउरमा आक्रमण गर्ने उदेश्यले चार जनाको समुहका विप्लपका कार्यकर्ता आएको सुचना पाएपछि उक्त स्थानम जादै गर्दा प्रहरी र विप्लपका कार्यकर्ता विच केहि बेर भनाभन भएपछि प्रहरीको बन्दुक खोस्ने क्रममा बन्दुक पडकिदा प्रहरी जवान लाई गोली लागेको हो ।

    उनलाई बर्दियाको गुलरियामा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज लगिएको छ । गोली चले लगत्तै विप्लप समुहका दुई जना फरार भएको र दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । घटनास्थल नेपाल भारत सीमा नजिकै पर्दछ । बर्दियामा केहि दिन देखि विप्लप समुहको गतिविधि हवात्तै बढेको छ ।

    बर्दियाको मध्यक्षेत्र मधुवन नगरपालिका वार्ड न ४ मौवा स्थित जंगलमा मगलबार दिउसो ३ वजेतिर भएको भिडन्तमा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन चौधरीलाई तिघ्रामा गोली लागेको र थप उपचारका लागी नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खडकाले बताए । प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ ।

    पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका वार्ड न ८ दुर्गापुर बस्ने ६६ वर्षिय जनप्रतिनिधि परिषद बर्दियाका अध्यक्ष जयबहादुर ठाडा मगर र बढैयाताल गाउपालिका वार्ड न ४का ५० वर्षिय नेकपा विप्लपका जिल्ला सदस्य रोहित कुमार सुनार पक्राउ परेका हुन । पक्राउ परेकाको साथबाट कटुवा पेस्तोल एउटा र त्यसमा लाग्ने ३ राउन्ड गोली लगायत २ वटा मोटरसाइकिल र केहि दस्तावेज समेत बरामद गरिएको प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खडकाले बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…