• काठमाडौं –आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको बताएका छन् । निगमले अस्वभाविक मूल्य तिरेर महंगोमा जग्गा खरिद गरेको उनले बताए ।

    ‘जग्गा खरिदमा अपचलन भएको छ, यो प्रष्ट छ,’ आपूर्तिमन्त्री मण्डलले भने । जग्गा खरिदमा भएको अनियमिततालाई आफूले गम्भीर रुपमा लिएको उनले बताए ।

    ठूलै ‘डिजाइन’ गरेर अनियमितता गरिएको उनले बताए ।

    जग्गा खरिदका विषयमा मन्त्रालयले पनि छुट्टै टिम गठन गरेर अध्ययन गर्ने पनि उनले बताए ।

    जग्गा खरिदमा अनियमितता गरेको पुष्टि भए दोषीमाथि कडा कारवाही गरिने मन्त्री मण्डलले बताए ।

    निगमको जग्गा खरिद कागजी हिसावमा मिलेको देखिएपनि व्यवहारीक रुपले हेर्दा अनियमितता भएको उनको भनाई थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …