• उर्लाबारी, २ माघ

    घरेलु तथा साना उद्योग कार्यालय मोरङ र लघु उद्यम विकास कार्यक्रमको सहयोगमा जिल्ला लघु उद्यमी संघ (डिमेगा) मोरङको आयोजनामा उर्लावारी नगरपालिकामा गरिवी निवारण तथा आर्थिक समृद्धिका लागि लघु उद्यम विकास मोडेल विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा सन् १९९८ देखि लागु भएको हो । लघु उद्यम विकास कार्यक्रमलाई आ.व. ०६६÷०६७ देखि नेपाल सरकारले आन्तरिकीरण गरी गरिवी निबारणका लागि लघु उद्यम विकास कार्यक्रमको रुपमा देशैभर सञ्चालनमा रहेको छ । चालु आर्थिक वर्षदेखि उर्लावारी नगरपालिकामा समेत यो कार्यक्रम लागु भएको जानकारी घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख शुसिला श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिका प्रमुख खड्ग फागोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उर्लावारी नगरपालिकामा यस आर्थिक वर्षमा कम्तिमा ४० जना नयाँ लघु उद्यमी सिर्जना गर्ने लक्ष्य रहेको कार्यक्रम सञ्चालन गर्न छनौट भएको संस्था कार्य एक्टिभ नेपाल विराटनगरका कार्यक्रम निर्देशक सुमन कार्कीले जानकारी दिनुभयो । साथै लघु उद्यम विकास कार्यक्रमका तर्फवाट बजार विकास विशेषज्ञ दिपक शासंकरले प्रत्योक स्थानीय तहले यस कार्यक्रमको मोडेलमा रहेर जिविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न सकेको खण्डमा देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने लघु उद्यमको विकास गर्न सकिने कुरामा जोड दिनुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…