• कमल सिंह ठकुरी
    कुवेत २९, २०७६ जनवरी : गोरखा आरुघाटकी २२ बर्षिया प्रिती गुरुङ यतिबेला रगत क्यान्सर भएर अस्पतालको शैयामा छटपटाइरहेकी छन।

    करिब २ बर्ष पहिले भारत हुदै घरेलु कामदारको रुपमा कुवेत आएकी गुरुङलाई गएको सेप्टेम्बरमा कुवेतस्थित फर्वानिया अस्पताल पुर्‍याइएको थियोे।

    उनको रगत क्यान्सर भएको अस्पताल श्रोतले बताएको कल्याणकारी यूवा समाज कुवेतका अध्यक्ष निरज सिंह ठकुरीले हिमालीसंचारलाई जानकारी दिए।

    अध्यक्ष सिंहका अनुसार हाल उनी साहुसाहुनीको रेखदेखमा कुवेतको सुयोखस्थित सेखबदरी क्यान्सर अस्पतालको वार्ड - ५ को बेड नं - १० मा राखिएको छ।

    उनलाई आफ्नै बुवाआमा वा, दाजुभाइ तथा दिदीबहिनिको रगत दिएमा रोग निको डाक्टरको सुझाव छ, अध्यक्ष सिंहले भने। उनलाई चाडो भन्दा चाडो स्वदेश फर्काउन हामी पनि लागि परेका छौ। हामीलाई सबैको सहयोगको खाचो छ। सकेको सहयोग गर्न सबैमा अनुरोध छ।

    गुरुङको सहयोगका लागि कुवेतस्थित नेपाली राजदूतावासका अधिकारी र एनआरएन कुवेतलाई समेत जानकारी गराईसकिएको अध्यक्ष सिंहले भने।

    क्यान्सर पीडित गुरुङले कुवेतमा स्थापित विभिन्न नेपाली संघसंस्थाहरु लगायत सबै सहयोगी मनहरुलाई सहयोगका लागी अनुरोध गरेकी छन।

    साथै सहयोग गर्न चाहने जो कसैले पनि कल्याणकारी युवा समाज कुवेतका अध्यक्ष निरज सिंह ठकुरीको मोवाइल नम्बर +९६५६०४४७२९५ र सोही संस्थाका सांस्कृतिक बिभाग प्रमुख तथा गायक राजु थापाको मोबाइल +९६५६६९५२३३४ नम्बरमा सम्पर्क गरि सहयोग गर्न सकिने बताईएको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…