• उर्लाबारी, २ माघ

    उर्लाबारी नगरपालिका कृषि विकास शाखाको आयोजनामा मंगलबारदेखि दुई दिने घुम्ती स्थलगत तालिम सुरु भएको छ । गणपति कृषि सहकारी संस्था उर्लाबारी– ३ को सह–आयोजनामा भएको तालिममा बजारमा उपयुक्त बालीहरु, रासायानिक विषादीको बिकल्प एवम् समाधान लगायतका १३ वटा विषयमा किसानहरुलाई जानकारी कृषि विकास शाखा प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो । तालिमको उद्घाटन उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले गर्नुभएको थियो । सो अवसरमा उहाँले कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले बजेटलगायतको व्यवस्था गर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, उर्लाबारी मत्स्य विकाश शाखाका प्रमुख नेल्शन पोख्रेल, सहकारी संस्थाका अध्यक्ष हरिश्चन्द्र श्रेष्ठसहित २५ जना किसानको सहभागिता रहेको छ । तालिमका सहजीकरण कृषि विकास शाखा प्रमुख लाक्पा शेर्पाले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…