• सत्तारूढ दल नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीका बिपक्षमा बोल्नेहरुको रकम दिएर मुख थुन्ने काम भइरहेको बताएका छन् । काठमाडौंका सोल्टी होटलमा अघोषित एमसीसीको कार्यालय रहेको र त्यहाँबाट मुख थुन्ने काम भएको उनले आरोप लगाएका छन् ।

    ‘सोल्टी दरवारबाट एमसीसीको कार्यालय चलिरहेको छ, त्यहाँबाट एमसीसीका बिरुद्ध बोल्नेहरुको मुख थुनिन थालेको छ’ बुधवार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको सी जिनपिङ द गभरनेन्स अफ चाइना पुस्तकको विमोचन कार्यक्रममा पोखरेलले भने ‘एमसीसी बिरोधीहरुको मुख थुन्नकै लागि करिव १८ अर्ब रकम खर्च गरिएको सूचना छ ।’

    एमसीसी परियोजनाका बिरोधमा लामो समयदेखि आफ्नो बिचार राख्दै आएका पोखरेलले एमसीसी राष्ट्रघाती परियोजना भएको दावी गरेका छन् । ‘एमसीसीसँग नेपालका कुनै आन्तरिक कानुन बाधक भए ति कानुनहरु स्वतः खारेज हुने नियम छ’ पोखरेलले भने ‘एमसीसी परियोजना नेपालका कुन प्रोजेक्टमा खर्च हुँदैछ, त्यसको डिपीआर मलाई कसैले दिन सक्छ ।’ उनले डिपीआर नै अर्बाै बजेट भित्र्याउनु खोज्नुमै खोट रहेको टिप्पणी गरे ।

    एमसीसी लागु भए अमेरिकी नागरिक नेपाल आउने र उनीहरुले जघन्य अपराध गरे नेपालको कानुन अनुसार कारवाही गर्न नपाउने अर्काे खतरनाक सर्त रहेको पोखरेलले दावी गरे । उनले जतिसुकै राम्रो चर्चा गरिएपछि एमसीसी इन्डोप्यासेफिक रणनीतिको अंग भएको बताए । ‘एमसीसी इण्डो प्यासेफिक रणनीतिको अंग भएको कुरा मैले भनिरहनु पर्दैन । यो कुरा अमेरिकाका दुई पूर्वमन्त्री र राजदूतले बताइन सकेका छन् ।’ एमसीसी परियोजना भारतले पनि लागू गरेको तर भारतसँग कुनै पनि सर्त नराखिएको पोखरेलले बताए । ‘भारतमा १८ खर्ब भन्दा बढीका परियोजना सञ्चालनमा छन् तर त्यहाँ कुनैपनि सर्तहरु राखिएका छैनन्’ पोखरेलले भने ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँग रेलको कनेक्टीभिटी जोड्ने घोषणा गरिसकेका छन् । चिनियाँ रेल नेपाल आउन नदिन एमसीसी नेपालमा लागू गर्न लागिएको बताए । ‘तपाईहरु हेर्नुहोस, जहाँबाट चिनियाँ रेल नेपाल आउने हो र लुम्बिनीसम्म पुग्ने हो, त्यही स्थानमा बिद्युतको ट्रान्समिटर लाइन तान्न थालिएको छ’ पोखरेलले भने ‘एमसीसी लागू भए चिनियाँ रेल नेपाल आउन कठिन छ ।’ उनले भने ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…