काठमाडौं, १६ माघ । प्रहरीले गायिका आस्था राउतलाई इगोका कारण थुनामा राख्यो ।
सिक्किमको कार्यक्रम सकाएर सोमबार काठमाडौं फर्किएलगत्तै परिवारसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेलगत्रै उनलाई हिरासतमा लियो ।
विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीसँग भएको बाझाँबाझँमा आस्थालाई प्रहरीले हिरासतसम्म पु¥याएको हो ।
१ माघमा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा महिला प्रहरीसँग भएको विवादपछि उनले सामाजिक सञ्जालमा भिडियो लाइभ गर्दै प्रहरीविरुद्ध बोलेका केही शब्दप्रति प्रहरी असन्तुष्ट थियो ।
तीन माघमा काउन्टरमा अवैध रूपमा सिसिटिभी फुटेज सार्वजनिक गराएको प्रहरीले सोही दिन आस्थाविरुद्ध महिला प्रहरीको जाहेरी लिएर माघ ५ मा पक्राउ पुर्जी जारी भएको थियो ।
त्यही मुद्दा सल्टाउन सोमबार प्रहरी कार्यालय पुगेकी आस्थालाई पक्राउ गरेको हो । एक रात प्रहरी हिरासतमा बसेकी आस्था मंगलबार चार हजार धरौटी बुझाएर छुटेकी छन् ।
आस्थालाई प्रहरी हिरासतमा राख्ने मुख्य आधार महिला प्रहरीको जाहेरी नै थियो ।
प्रहरीले चोर बाटोबाट सार्वजनिक गरेको क्लोज सर्किट टेलिभिजनको फुटेज हेर्ने हो भने त्यसमा आस्थाले मात्रै हैन महिला प्रहरीले पनि अभद्र व्यवहार गरेको देखिन्छ नै । तर, ती महिला प्रहरीलाई अभद्र व्यवहारमा प्रहरीले कारबाहीको दायरामा ल्याएको देखिन्न ।
महिला प्रहरीमाथिको व्यवहारभन्दा पनि प्रहरी आस्थाले फेसबुक लाइभमा प्रहरीलाई ‘डन्ठे’, ‘फुलिस’ लगायत भनेकोमा रिसाएको थियो । आस्था घटनामा फौजदारी संहिताको आशयको गलत प्रयोग भएको छ ।
महिला प्रहरीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ अनुसार अभद्र व्यवहार कसूरमा पक्राउपुर्जी माग गरेको थियो । अभियान टाइम्सका साथमा ।