• बिराटनगर/ लामो समयदेखि राजबंशी साहित्य क्षेत्रमा योगदान पुर्याउदै आएको एक नाम हो गोपाल राजबंशी । झापास्थित गौरिगंज निवासी ३८ बर्षीय राजबंशी शिक्षण पेशा संगै साहित्य क्षेत्रमा पनि लामो समयदेखि योगदान दिदै आईरहेका छन् । धेरै चर्चित राजबंशी गीतहरु लेखिसकेका उनको रचनामा गायक बलराम राजबंशीले एक गीत गाएका छन् । ‘पन्ता भात खाबर मजा’ बोलको उक्त गीत एकदमै चर्चित बन्यो जसको कारणले पनि गीत लेखनमा उनलाई थप उर्जा मिल्यो ।

    यता अर्का गायक बलबहादुर राजबंशीले पनि उनको सब्दमा ‘मन रे मन’ बोलको गीत गाए, सो गीत पनि अहिले सम्म राजबंशि समुदायमा चर्चित छ । सानै उमेर देखि यस क्षेत्रमा रुचि भएता पनि घरायसी समस्याको कारणले गोपाल साहित्य क्षेत्रमा आउन सकेका थिएनन् । तर उडने पन्छिलाई कसले पो रोक्न सक्छर भनेझैं बि.स. २०५८ सालदेखि उनी राजबंशी साहित्य क्षेत्रमा सक्रियताका साथ लागे । २०६३ सालमा बैवाहिक जिवनमा बाधिएका उनलाई बिवाहपछि यस क्षेत्रमा लाग्न झनै उत्साह मिलेको उनी बताउछन् ।

    ‘मनेर फुल’, ‘बेदना भाग-१,२ र ३’, ‘याद आसेछे त्रिसना’, ‘तोर बीना’ लगायत थुप्रै एल्बमहरु उनले बजारमा ल्याईसकेका छन् । ‘तोर बिना’ एल्बममा समाबेश गरिएको उनको सब्द रहेको ‘तोर सगे जीवन मोर’ बोलको गीतको गीतको म्युजिक भिडियो पनि सार्बजनिकको तयारिमा छ । जस्लाई गायक केशव राजबंशीले गाएका छन् । सार्बजनिक पश्चात् गीतले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको गोपाल बताउछन् । राजबंशी भाषा साहित्य र कलालाई जगेर्नाका साथै यसलाई अन्तर्राष्ट्रिय समुदाय सम्म पुर्याउनको सधै लागिरहने बताउने उनी राजबंशी समुदायलाई अझै सरकारले ध्यान दिनु आवस्यक छ भन्छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…