काठमाडौं : साथी हत्या आरोपमा पक्राउ परेका बंगलादेशी नागरिक दुलानीया मियाँले रकम लिएर लेबनान नपठाइदिएपछि ह्विस्कीको बोतलले हानेर अहमेद मौदिनको हत्या गरेको स्वीकार गरेका छन्।
अहमेद मौदिनले लेबनान पठाइ दिने भन्दै साढे तीन लाख रुपैयाँ लिएको बयानका क्रममा मियाँले बताएका छन्। बंगलादेशी नागरिक अहमेद मौदिन हत्यामा संलग्न भएको आरोपमा मियाँलाई प्रहरीले बुधबार पक्राउ परेको हो।
काठमाडौं परिसरका डीएसपी होबिन्द्र बोगटीका अनुसार झापाको काँकटभिट्टाबाट लाहान आएका उनी पक्राउ परेका हुन्। दुलामियाँ बंगलादेश र भारतको सीमामा बस्दै आएको अनुसन्धानबाट खुलेको छ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौं र इलाका प्रहरी कार्यालय अनारमणीको टोलीले पक्राउ गरेको हो।
(अन्नपूर्ण पोष्टबाट)