• उर्लाबारी, २ माघ

    मोरङ उर्लाबारी ८, दुर्गापुरीका सम ब्यस्राले आफ्ना छोरामाथी खुकुरी प्रहार गरि घाइते बनाएका छन् । मंगलबार बिहान घरायसी बिषयमा सामान्य विवाद हुँदा उनले छोरा मेघराज ब्यस्रालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका मेघराजको देब्रे कन्चठमा चोट लागेको छ । स्थानीय गोदावरी हस्पिटलमा उपचार भैरहेको छ भने उनका बुबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दैनिक जसो मदिरा सेवन गर्ने समले सानासाना बिषयमा घर झगडा गर्ने गरेको र आज पनि सोही हर्कत देखाएकाले छोराले त्यसो नगर्न सुझाउदा उल्टो खुकुरी प्रहार गरेको आमा चुन्कु टुडुले बताइन् । आर्थिक अवस्था दयनीय भएका उनको उपचारमा यतिबेला समस्या भएको छ । हस्पिटलको अनुसार उनको उपचारमा २५ हजार लाग्नेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…