• काठमाडौं । आम्दानीको मुख्य स्रोतका रुपमा रहेको सुन्तला बिक्री गरेर यहाँका एक सुन्तला व्यवसायीले २३ लाख बढी आम्दानी गर्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौँसाका भूपराज भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट तेइस लाख १७ हजार आम्दानी गर्नुभएको हो ।

    सुन्तला व्यवसायी भण्डारीले यसपटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी रु २३ लाख १७ हजार आम्दानी गरेको बताउनुभयो । शुरुमा प्रतिकेजी रु ५० र अहिले प्रतिकेजी रु ८० का दरले बगैँचाबाट नै सुन्तला बिक्री गरेर उक्त आम्दानी गर्नुभएको ।

    तीन वर्षमा क्रमशः २२ लाख, १७ लाख र २२ लाख सुन्तला बिक्री गर्दै आउनुभएका भण्डारीको आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला हो । “गत वर्ष ४२ रोपनी क्षेत्रफलमा एक हजार ५०० सुन्तलाका बोट थिए जसमा ९०० फलेका थिए”, भण्डारीले भन्नुभयो, “यस वर्ष सात रोपनीमा थपेर २०० बोट लगाएको छु र पुराना मरेका ठाउँमा १०० बोट थप गरेको छु ।”

    पुराना बोट हटाउने र उक्त ठाउँमा नयाँ बोट लगाउनाले सुन्तलाबाट वार्षिकरुपमा हुँदै आएको आम्दानी नघट्ने भण्डारीको भनाइ थियो । बुबाले ४५ वर्षदेखि थाल्नुभएको सुन्तलाखेतीलाई भण्डारीले व्यावसायिकरुपमा अगाडि बढाउनुभएको हो । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि व्यापारी सुन्तला खरिदका लागि सुन्तला बगैँचामा आउने गरेका भण्डारीले बताउनुभयो । –

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…