•  

    बुधबारे । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति–१ झापाले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दे विद्यार्थीलाई स्वागत तथा बिदाई गरेको छ ।

    क्याम्पसले प्रथम बर्षमा भर्ना भएर आउने तथा चौंथो बर्ष सकेर जान लागेका बिद्यार्थीहरुलाई स्वागत तथा बिदाई गरेको हो । उनीहरुलाई फूलमाला, दोसल्ला तथा मायाको चिनोले स्वागत तथा बिदाई गरिएको हो ।

    कार्यक्रम विद्यार्थी शेखर रिजालको सभापतित्व तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदमप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    सोही अवसरमा विद्यार्थीरुले गीत, गजल, कविता तथा सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । कार्यक्रममा संचालक समिति सदस्य जयप्रसाद रसाईली, क्याम्पस प्रमुख केशव ढुङ्गेल, सहायक क्याम्पस प्रमुख बुद्धमणी गौतम, प्राध्यापक संघ इकाई सभापति इन्द्रराज अर्याल लयायतले स्वागत तथा बिदाई हुने विद्यार्थीलाई सफल्ताको शुभकामना दिएका थिए ।

    विद्यार्थी सीता खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन मनिष खतिवडाले गरेका थिए ।

    बुद्धशान्तिको एकमात्र रहेको सामुदायिक क्याम्पसमा २ सय ८० विद्यार्थी रहेका छन् भने बिबिएस र बिएड संकायमा पठनपाठन हुँदै आएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …