• गोरखा । गोरखामा टिपरको ठक्करले एक महिलाको मृत्यु भएपछि स्थानीयले दुई दर्जनभन्दा बढी टिपरमा तोडफोड गरेको छन् ।

     

    शुक्रबार बिाहन गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग१ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि आक्रोशित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका हुन् ।

     

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई आज बिहान पौने सात बजे टिपरले किचेको थियो । तामाङको मृत्यु भएपछि सयौँजनाको आक्रोसित भीडले उक्त टिपरमा आगजनी गरेका थिए । साथै क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटरमा समेत तोडफोड गरिएको छ ।

     

    ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । बाक्लो कुहिरोको कारण बाटो नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाले बताए ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…