• महिलाले दैनिक प्रयोग गर्ने सौन्दर्य सामग्रीमध्ये सबैभन्दा बढी प्रयोग हुने कुन होला ? प्राय सबैको जवाफ हुन्छ, ‘लिपस्टिक’ । ओठलाई सुन्दर देखाउने ‘लिपस्टिक’ महिलाले घरमा बस्दा समेत प्रयोग गर्ने गर्छन् ।

    अहिले त पुरुषले समेत लिपस्टिक प्रयोग गर्ने गरेका छन् । पुरुषले प्रयोग गर्ने लिपस्टिक समेत बजारमा किन्न पाइन्छ । सुन्दरतालाई महत्व दिएर हामीले प्रयोग गर्ने लिपस्टिकले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ त ?

    आज हामी तपाईंलाई एक अध्ययनबाट पत्ता लागेको तथ्यबारे जानकारी दिँदै छौं । उक्त अध्ययनअनुसार लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको छ । लिपस्टिकमा सीसा (लिड)को प्रयोग हुन्छ । उक्त लिड मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

    केही समय अगाडि ‘गूड मर्निङ अमेरिका’ पत्रिकाले लिपस्टिकमा लिडको प्रयोगबारे अध्ययन गरेको थियो । अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो। जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

    नेपालमा पनि केही समय अगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो । उक्त अधययनमा पनि लिपस्टिकमा धेरै मात्रामा सीसा (लिड)को प्रयोग हुने गरेको फेला परेको थियो ।

    चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन् ।

    साथै सीसाका कारण तपाईंको सोच्ने र सिक्ने क्षमतामा समेत ह्रास आउन सक्छ । यदि तपाईं पनि दैनिक रुपमा लिपस्टिक प्रयोग गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस्, कतै सुन्दर बन्ने तपाईंको चाहना स्वास्थ्यका लागि खतरानाक साबित त भइरहेको छैन ?

    यो पनि पढ्नुस

    नेपालमा भयको लामो दशक १० बर्ष पछि निम्तिएको को द्वन्द्वपीडित, हरुको समस्या समाधान सरकार र यहाँका शिर्ष राजनैतिक दल हरुले छिटै समस्या समाधान को बाटो नखोज्ने हो भने फेरि अर्को द्वन्द निम्तनु सक्छ।

    राज्यले समस्याको समाधान भन्दा पनि द्वन्द्व नै चाहेको छ, र द्वन्द्व पिडित हरुले उठाएको जायज माग हरुलाइ सम्बोधन गर्ने बाटो बिराएर उल्टै धरपकट गर्दै जबर्जस्ती द्वन्द्व तिर धकेल्ने बाटो तिर राज्य लागेको छ।

    हामी जस्ता परिबर्तन कारी जनमुक्ती सेनाले लडेर २४० बर्षे राजतन्त्र अन्त्य गर्नु देखी, संघिय लोकतान्त्रिक गणतन्त्र सम्म को बाटोमा डोहोराउने महत्त्वपूर्ण भुमिका जनमुक्ती सेना नेपाल ले नै खेलेको हो, जनमुक्ती सेना नेपाली जनताको अधिकारको निमिक्त बर्गिय दुश्मन संग लड्दै आफ्नो ज्यानको बाजि राख्दै लाम्बद्व ढंगले कमान्डर को आदेश लाई स्वुकार्दै जनमुक्ती सेना अगाडि बढ्यो।

    त्यसरी अगाडि बढ्दै गर्दा जनताको दुश्मन संग लड्दै अगाडी बढ्दा १० बर्षे जनयुद्ध को प्रकृया मा त्यही लडाइ बाट १७ हजार योद्धा हरु साहादात भए, भने १२ हजार अंगगभंग भए, हजारौ बेपत्ता भए, बेपत्ता परिवार अहिले कि सास चाहियो कि, लास चाहियो भनेर अँखा भरी आँसु लिएर न्याए खोज्दै भौतारी रहेको छन् ।

    तर राज्यले कुनै सत्यतथ्य छानबिन गरि सार्बजनिक गर्नु सकेको छैन राज्य मौन छ, यस्तै गरि शान्ती प्रकृया र सेनासमायोजन को नाममा जनमुक्ती सेना लाई ७ वटा अस्थाइ सिबिरमा राख्यो भने कथित बिदेशी (अनमिन ) UN लाई बोलाइ प्रमाणी करण गर्ने काम गर्यो ।

    त्यही प्रमाणी करण बाट एउटै सिबिरमा भएका सेना हरुलाइ बिभाजन गरि (चार हजार ८ जना जनमुक्ती सेना लाई कथित) अयोग्य बिल्ला भिराएर कुनै बेबस्थापन नगरी समाजमा फर्काइयो। त्यही जनमुक्ती सेना ले लडेर ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्र योग्य हुने, भने चार हजार ८ जना जनमुक्ती सेना कसरी अयोग्य?

    हाम्रै कारण ले प्रधानमन्त्री को कुर्सी सम्म पुग्नु भएको छ भने , प्रधानमन्त्री को कुर्सी योग्य, हामी कसरी अयोग्य? यसको उत्तर ७ वटा डिभिजन कमान्डर , ४ जना डिपुटी कमान्डर, र तत्कालीन सुप्प्रीम कमान्डर (क. प्रचड ज्यु ले दिनु पर्छ डिपुटि कमान्डर नन्द किसोर पासाङ ज्यु तपाईं यहि जनमुक्ती सेना कै कारण उपराष्टपति भन्नू भएको छ।

    त्यस्तै चक्र पाणि खनाल बल्देब ज्यु हाम्रै कारण ले गर्दा कृषि मन्त्री बन्नु भएको छ, डिपुटी कमान्डर जनार्दन शर्मा ज्यु हाम्रै कारण ले गर्दा तपाई ग्रीह मन्त्री बन्नु भयो, अनन्त ज्यु हाम्रै कारण ले गर्दा उर्जा मन्त्री बन्नु भएको छ, प्रचण्ड ज्यु तपाइ हाम्रै कारण २ पटक सम्म प्रधान्मन्त्री बन्नु भयो, के कुर्सी कै लागि मात्रै थियो त १० बर्षे जनयुद्ध को लक्ष्य ?

    सिबिर मा खर्बौ भ्रष्टाचार गर्ने तपाईं हरु चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य? अब भ्रष्टाचारि गर्ने तपाइहरुको बिरुद्ध मा ७७ वटै जिल्लामा र सर्बोच्च अदालत देखि अख्तियार सम्म तपाई हरुको बिरुद्ध मा मुद्दा हाल्छौ, नेपाली जनताले पसिना बगाइ ,कमाएर तिरो को करमाथी हिनामिना गर्ने अधिकार कसैलाइ छैन ।

    वाइटबडी विमान माथी खुलेआम रुपले ४ अर्ब ३५ लाख भ्रष्टाचार भएको पुष्टि भैसकेको छ। त्यो भ्रष्टचारी चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य ? द्वन्द्व पिडित हरुलाइ सडक मा छोडेर कसरी शान्ती प्रकृया ले पुर्णता पाउला? यदि द्वन्द्व बेबस्था नगरे सम्म शान्ती प्रकृयाले पुर्णता पाउनु सक्दैन। छिटो भन्दा छिटो ध्यान् जाओस।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…