• धनकुटा २,माघ । पर्याप्त आधारका बापजुत पटक–पटक आन्दोलन गर्दा पनि सरकारले धनकुटालाई प्रदेश नं.१ को राजधानी नतोकेपछि अब धनकुटाका जनताहरु आन्दोलनलाई श–शक्त पार्ने भएको छ ।

    मंगलबार क्षेत्रीय प्रशासन घेराउ र धर्ना दिएको आन्दोलनकारीहरुले बुधबार देखि अनिश्चित कालिन आम हडताल गरेरे शसक्त आन्दोलनको शुरुवात गर्ने भएको छ । आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु क्षेष्ठको अध्यक्षतामा बसेको बैंठकले भोली बुधबार जिल्लाका कलकारखाना,यातायात,शैक्षिक संस्था,बजार बन्दको ठप्प बनाउने निर्णय गरेको छ । आम हडताल बिहान ७ बजे देखि ५ बजे सम्म रहने रहने भनिए पनि समितिले यसको बारेमा आधिकारी जानकारी दिएको छैन । बैठकले प्रदेश सभा क र क का सभासद् द्वय निरन राई,ईन्द्रमणी पराजुली,समानुपातिक सभासद् साबित्रा राई, दलका नेताहरुमा नेकपा माओवादी केन्द्रका सन्देश बिहानी,नेपाली कांग्रेसका दिनेश राई,संघिय समाजवादी फोरमका सरोज राईलाई आम हडतालको बिभिन्न स्थानको जिम्मा दिईएको छ ।

    त्यस्तै बजार ब्यबस्थापन समितिका अध्यक्ष बिप्लव श्रेष्ठ,उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष तारा तितुङ्ग लगाएतले आम हडतालको नेतृत्व गर्ने जिम्मा दिएको सूचना अधिकारी नगेन्द्र राईले जानकारी दिए । आम हडतालमा मोटराईकल समेत चल्न नदिने र स्वास्थ्य संस्था,एम्बुलेन्स,सब्जी तथा दुधको गाडी,कुटनितिक नियोगका सवारी,सुरक्षा निकाय र सन्चार माध्यमका सवारीहरु भने निर्वाद रुपमा चल्न दिने बताएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…