• किशन शाही 

    केराबारी । माघ २ , पूर्वी तथा मध्य तराई र पहाडमा बसोबास गर्दै आएका थारु तथा मगर जातिले नयाँ वर्षको रुपमा मनाउँदै आएको माघि पर्व(माघे सघ्रान्ति) आइतवार मोरङ केराबारीका मगरहरुले भब्य रुपमा मनाएका छन् ।

      धनुराषिवाट मकर रासीमा सुर्य उदायसंगै सूरु हुने माघे संघ्रान्ति पर्वलाई मगर, थारु तथा अन्य केही जनजातिहरुले नयाँवर्षको रुपमा लिदै आएका छन् । यो चाड हिन्दु धर्मशास्त्रमा आधारीत रहेपनि माघे सघान्ति पर्वलाई वौध,किरात धर्मावलम्बीहरुले पनि धुमधाम मनाउने गरेका छन् । संस्कार र संस्कृतिको जगेर्ना गर्न यो चाड मनाउदै आएको मगर संघ केराबारीका गाउँ कमिटीका अध्यक्ष पुर्ण प्रकास पूर्वछाने मगरले बताउनुभयो ।



          नेपाल मगर संघ केराबारी गाउँपालिका कमिटीको आयोजनामा केराबारी ३ को भोगटेनीमा भएको तेश्रो माघि महोत्सव कार्यक्रममा मगरहरुको हुर्रा नाँच प्रतियोगिताका साथै गुन्द्रुकको अचार,सिस्नोको साग, रोटी,तीलको अचार, मासु लगायतको परिकार समेत खुवाइएको थियो ।

         कार्यक्रममा केराबारी गाउँपालिकाको विभिन्न वडावाट भेला भएका सयौं मगर तथा गैर मगरहरुको उल्लासपुर्ण सहभागिता रहेको थियो । कार्यक्रममा गैर मगरहरुले हुर्रा नाचेर मनोरंञ्जन लिएका थिए । पछिलो समय केराबारी भोगटेनी  मोटरबाटो निर्माणले गति लिएसंगै बाटो सहज बनेपछि साना तथा ठूला यात्रुवाहक बसमा चढेर कार्यक्रम हेर्न दर्शकहरु भोगटेनी पुगेका थिए ।



        यसैविच माघि पर्व २०७४ को अवसरमा बिजयपछि पुगेका प्रतिनीधि सभाका सांसद घनश्याम खतिवडाले सवैभन्दा पिछडिएको क्षेत्रको चिनिएको मोरङको १ नम्बर क्षेत्रकोे विकासका लागि सधै लागि पर्ने बताएका छन् । कार्यक्रममा ढिला गरी आइपुगेका सांसद खतिवडाले भोगटेनीमा मोटरबाटो विधुतको केही सहजता बनेपनि संञ्चार क्षेत्रमा अझैपनि सन्तोष जनक नरहेको वताउदै भोगटेनीमा एनटिसीको टावर निर्माण गरी संञ्चार तथा टेलिफोन विस्तारको अभियानलाई अगाडी वढाउन पहल गर्ने वताउनुभयो ।



    त्यसैगरी प्रदेश सभाका सासद उपेन्द्र घिमिरेले भोगटेनीको पूर्वाधार विकासमा सहयोग गर्न तत्पर रहेको वताउँदै एउटा खेलकुद मैदानको लागि सहयोग गर्ने प्रतिवद्धता व्यतm गर्नुभयो । कार्यक्रमा प्रदेश सभाका सासद कुलप्रसाद साम्बाले नेपालको क्रान्तिमा मगरहरुको देनलाई भूल्न नहुने तर्क राख्दै यो देशको वहुसंख्यक जातिको रुपमा रहेको स्मरण गर्नुहुदै जनजातिको संग्रहालय निर्माण गरी पर्यटन क्षेत्रको विकासमा टेवा पुरयाउन सकिने वताउनुभयो ।

    कार्यक्रममा विराट पर्यटन वोर्डका अध्यक्ष डिल्ली राम शर्मा अधिकारीले नेपाल र नेपालीको संस्कार र संस्कृति राष्टको सम्पति भएको वताउनुभयो । कार्यक्रमा वडाध्यक्षहरु भक्त श्रेष्ठ,मनोज खड्का ,जंगराज खवास राजनीतिककर्मी योगराज राई लगायतले शुभकामना व्यतm गर्नुभएको थियो ।




सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…