बाहुण्डाँगी । मोरङ कानेपोखरी स्थित रमाईलो जेसीजजको दोस्रो पद हस्तान्तरण शुक्रवार सम्पन्न भएको छ । पथरी जेसीजको मातृत्वमा २०१८ मा स्थापना भएको रमाइलो जेसीजले दोस्रो अध्यक्षका रुपमा सुमन अधिकारी पाएको छ । अबको एक वर्ष रमाइलो जेसीज अधिकारीको नेतृत्वमा रहनेछ । संस्थापक महासचिवको भूमिकामा रहेका अधिकारी पेशाले फोटो ग्राफर हुन । रमाइलो साकोसको सभाहलमा आयोजित पद हस्तान्तरण तथा पुरस्कार र सम्मान गरिएको कार्यक्रममा सुमनलाई शाखाका संस्थापक अध्यक्ष हिमप्रसाद तिमिल्सिनाले पद हस्तान्तरण गरेका हुन् ।
पदबहाली गरेपछि अधिकारीले आफुलाई यो जिम्मेवारीका लागि योग्य ठानी विश्वासका साथ सदभाव र सहयोग गर्ने सबैलाई धन्यवाद र आभार व्यक्त गर्दै विगतमा महासचिव को जिम्मेवारीमा महसुस गरेका सीप र अनुभवहरुलाई आगामी समयमा सबैको आशिर्वाद लिदै जेसिज लाइ अघि बढाउन लागीपर्ने बताए। अध्यक्ष अधिकारीद्धारा मनोनित पदाधिकारीहरुमा महासचिवमा सन्तोष फुयाल, कोषाध्यक्षमा मात्रिका कोइराला, काननुनी सल्लाहकारमा विवेक लिम्बू, तालिम संयोजक केसब भण्डारी, प्रकरण निर्देशक चन्द्रकुमार राजु मगर, जनसम्पर्क अधिकारी विवेक चुडाल र अध्यक्ष सल्लाहकारका रुपमा डिल्लीप्रसाद काजी फुयाल रहेका छन् ।
यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा भानु फुयाल र गुणराज फुयाल, उपाध्यक्षहरुमा होम थापा मगर, अर्जुन गिरी, सन्तोष भट्टराई,र सुनिल श्रेष्ठ र सचिव जीवन मुडियारी निर्वाचित भएका निर्वाचन आयुक्त पथरी जेसीजका २०१८ का अध्यक्ष टिकाविक्रम चौहानले बताउनु भयो ।
सोही समारोहमा शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पथरी जेसीजका तत्कालिन अध्यक्ष टिकाविक्रम चौहन र राष्ट्रिय अध्यक्षमा नर्वाचित सिनेटर अशोक शंकरलाई सम्मान गरिएको थियो भने कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर राईलाई शाखाबाट मानार्थ सदस्य प्रदान गरिएको थियो । उद्घाटनपछिको कार्यक्रममा मातृ शाखाका अध्यक्ष तथा पूर्व अध्यक्षहरुले संस्थापक अध्यक्ष हिमप्रसाद तिम्सिनालाई चेन लगाइदिएका थिए ।
संस्थापक अध्यक्ष हिप्रसाद तिम्सिनाको सभापतित्व तथा नेपाल जेसिस वर्ष २०२० का अध्यक्ष सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कानेपोखरी गाउँ पालिका अध्यक्ष तारा वहादुर काफ्ले, नेपाल जेसीजका थिम डाइरेक्टर मनिष सूर्य मगर, मातृ शाखा पथरी जेसीजका २०१९ का अध्यक्ष मान दियालीलगायतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रम संयोजक भानु फुयालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुमन अधिकारीले गरेका थिए ।