• किशन शाही 

    केराबारी । माघ २ 

    सुगम जिल्लाको रुपमा चिनिएको मोरङ जिल्लाको आधा भाग यस्ता छन् जहाँ गाडी पुग्दा खुशी हुनुपर्छ । भौगोलिक विकटा संगै शिक्षा स्वास्थ्य र संञ्चार प्रविधिवाट धेरै पछाडी रहेको भोगटेनीमा धेरैलाई विश्वास थिएन भोगटेनीमा पनि वस जान्छ भनेर । तर खोर्साने केराबारी वसका संञ्चालक कमल मगरले हिम्मत गरे । ४० जना भन्दा वढी यात्रु लिएर उनले पहिलो पटक भोगटेनीमा वस पुरयाइ छाडे ।

        मोटरवाटोको ट्रयाक खोलिएको झण्डै वीस वर्षपछि मोरङको दुर्गम पहाडी क्षेत्र भोगटेनीमा सोमवार पहिलो पटक ४ ओटा बस पुगेको छ । २०५४÷०५५ सालमा खोकेभोसी मोटरवाटो निर्माण समिति गठन गरी  निर्माण सुरु गरिएको सो मोटरवाटोको स्तरोन्वति संगै निर्माणले तिब्रता पाएपछि वस पुगेको हो । कल्पना समेत नगरेका गाउलेहरुले आफनो गाँउमा यात्रुवाहक वस आएपछि खुशीले गदगद भएका छन् ।

    पहिलो पटक वस भोगटेनी पुगेको थाहा पाएपछि अन्य ३ ओटा वसका चालकहरुले पनि मगर संघको कार्यक्रममा सहभागिहरुलाई लिएर भोगटेनी पुगेका थिए ।आफनो गाउँमा वस आइपुगेपछि खुशी भएका भोगटेनी वासीले वसका चालकहरुलाई कार्यक्रममा स्वागत समेत गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…