बाहुण्डाँगी । बालाजु जेसिजका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित चौथो पदस्थापना समारोहमा नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । पाँचौ वार्षिक साधारणसभाबाट जेसी सीता पाण्डे बालाजु जेसिजको अध्यक्षमा निर्वाचित भएकी छिन् ।
निर्वाचन अधिकृत जेसी गोविन्द खनालले नाम घोषणा गरेपछि पञ्चेबाजासहित स्कटिङ गरेर नवनिर्वाचित अध्यक्ष जेसी सीता पाण्डेलाई स्टेजमा ल्याइएको थियो । उनलाई जेसीआई बालाजुका वर्ष २०१९ का अध्यक्ष जेसी महेन्द्र भण्डारीले सपथ ग्रहण गराए । उनले जेसीजको चेन पनि नवनिर्वाचित अध्यक्ष पाण्डेलाई हस्तान्तरण गरे । यसैगरी नवनिर्वाचित अध्यक्षले अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराएकी थिइन् ।
नवनिर्वाचित पदाधिकारीहरुमध्ये अध्यक्षमा जेसी सीता पाण्डे, कार्यकारी उपाध्यक्षमा जेसी प्रेमकुमारी कार्की र जेसी दिपेन्द्र भट्टराई, महासचिवमा जेसी जानकी पाण्डे, कोषाध्यक्षमा जेसी राजन गुरुङ, उपाध्यक्षहरुमा जेसी भोजराज पाण्डे, जेसी आस्था अर्याल, जेसी कृष्ण खतिवडा, जेसी पृथ्वीलाल पुन, जनसम्पर्कमा जेसी चिरञ्जिवि खनाल, सदस्य वृद्धिमा जेसी राजेश पोख्रेल, कोष वृद्धिमा सुजन रेग्मी, तालिम संयोजकमा राधा भट्टराई, थिम निर्देशकमा जेसी समता तामाङ, कार्यक्रम निर्देशक जेसी कृष्ण पाण्डे र लोम सम्पादक जेसी रोजिना पाण्डे रहेका छन् ।
भव्य रुपमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । जेसिजको अनुशासन, इमान्दारिता सम्पूर्ण नेपालीहरुले अवलम्बन गर्नुपर्ने उनले बताए । जेसिजबाट यस्ता कुरा सिक्न सके समृद्ध देश निर्माण गर्न सकिने उनले बताए । युवाहरुले उद्यमशीलता विकास गरेर विदेश जाने र रेमिट्यान्स भित्र्याउने वा जागीर मात्रै खाने सोच नराखेर जागीर खुवाउने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बालाजु जेसिजका संस्थापक अध्यक्ष साथै नेपाल जेसिजका वर्ष २०१८ का राष्ट्रिय महासचिव श्रीराम पौडेलले जेसिजले व्यक्तित्व, नेतृत्व, उद्यमशीलता विकासमा जेसिजको आस्था, मिसन र भिजनमा आधारित रहेर आफ्ना गतिविधिहरु सञ्चालन गर्ने गर्छ । तर अब त्यसभन्दा माथि उठेर मानवता र इमान्दारिता हराउँदै गएको अवस्थामा यो विषयमा जेसिजले आफ्ना कार्यक्रमहरु अगाडि ल्याउन जरुरी छ । जतिबेलासम्म एउटा व्यक्ति सक्षम हँदैन त्यतिबेलासम्म परिवार, समाज र देश सक्षम हुदैन । त्यसैले म भन्नु भन्दा पहिले समाज र देश सोच्नु पर्ने उनको भनाइ थियो ।
यसैगरी कार्यक्रमलाई विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी गोकूल सापकोटा, विशिष्ट अतिथि नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष विष्णुहरी पाण्डेलगायतले सम्बोधन गरेका थिए । यसैगरी नेपाल जेसिजका पूर्वअध्यक्ष तथा जेसिआई भिपी राजु केसीले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा बालाजु जेसिजका पूर्वअध्यक्ष जेसी दीपकराज भुषाललाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो । उनी हालै नेपाल शैक्षिक परामर्श संघको महासचिवमा निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रममा अन्य पदाधिकारी तथा सहयोगीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रम बालाजु जेसिजकी २०२० की महासचिव जेसी जानकी पाण्डेले सञ्चालन गरेकी थिइन् ।