बाहुण्डाँगी । चारआली जेसीजको छैँठौ पद हस्तान्तरण सम्पन्न भएको छ । चारआलीस्थित एफसी कर्नरमा आयोजित एक समारोहकाबिच २०१९ का अध्यक्ष उत्तम प्रसाद पकुवालले २०२० का अध्यक्ष दिपेन्द्र निरौला (विकास) लाई चेन हस्तान्तरणसहित सपथ ग्रहण गराएका थिए ।
साथै नवनिर्वाचित अध्यक्ष निरौलाले आफ्नो टिमलाई विभिन्न पदमा मनोनित गर्दै पूर्णता दिएका थिए । शाखाको महासचिवमा टिकाराम रिजाल, कोषाध्यक्षमा संगित सिवाकोटी, काननुी सल्लाहकारमा सन्तोष न्यौपाने, तालिम संयोजक सुजुप सुवेदी र सतिवमा विरु वेगा मनोनित भएका छन् ।
यस अघि भएको अधिवेशनले शाखाको कार्यकारीणी उपाध्यक्षमा सञ्जय निरुौला, भोजराज पराजुली, उपाध्यक्षहरुमा नविन खतिवडा, एजिला पौडेल, कुमार तामाङ र सन्देश न्यौपाने निर्वाचित भएका निर्वाचन आयुक्त रोहित दाहालले बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष पकुवालले विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने एक दर्जन बढी व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो भने २०१९ का बोर्डका पदाधिकारीहरुलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो ।
शाखाका अध्यक्ष उत्तम पकुवालको सभापतित्व तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि वडा नम्बर १३ का वडा अध्यक्ष तिर्थ सिग्देलले बोल्नु भएको थियो ।
कार्यक्रमम संगित सिवाकोटीले स्वागत गरेको कार्यक्तमको सञ्चालन महासचिव सञ्जय निरौलाले गरेका थिए ।