• ईटहरी / समयको सदुपयोगबारे सवक सिकाएर प्रशंसा बटुलेका ईटहरीका मेयर द्दारीकलाल चौधरीले राखेको पत्रकार सम्मेलन नै ईटहरीका पत्रकारले समय ख्याल नगरेको भन्दै बहिष्कार गरेका छन् ।

    मङ्गलवार उपमहानगरले सिएफएल भ्रष्टाचार प्रकरणका विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न दिउँसो ३ बजेका लागि राखेको पत्रकार सम्मेलनमा चौधरी साँढे ३ बजेसम्म पनि नपुगेपछि
    पत्रकारहरूले बहिष्कार गरेका हुन् ।

    भ्रष्टाचार गर्ने कर्मचारीलाई जेल हाल्ने , सार्वजनिक जग्गा हडप्नेवाट सार्वजनिक जग्गा खोसेर नगपालीका मातहत ल्याउने र समयमा कार्यक्रम नगर्नेको कार्यक्रम बहिष्कार गर्ने लगायतका उद्घोष गरेर देशमै चर्चा बटुलेका मेयरको सिएफएल भ्रष्टाचार प्रकरणपछि चर्को आलोचना भइरहेको छ ।

    सिएफएल भ्रष्टाचार प्रकरणसँगै एनजीओका सामाजिक परिचालकलाई निरन्तरता दिने विषय , निर्माणाधिन डम्पीङ साइडमा भ्रष्टाचार भएको विषय सहित भ्रष्टाचारको लामो फेरिहस्त एकपछि अर्को गर्दै खुल्न थालेपछि मेयर चौधरीको व्यापक जनस्तरबाटै आलोचना भइरहेको छ ।

    नागरिकले मङ्गलवार स्वतस्फुर्त रूपमा नगरपालिका गेटमा धर्ना समेत दिएका छन् तर मेयर चौधरी भने टसमस नगरी भ्रष्टाचारमा संलग्नको संरक्षणमै लागेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…