• काठमाडौं, २० माघ । समृद्धि फाईनान्सलाई पहिलो गाँसमा ढुंगा परेको छ । फाईनान्समा चालुु आर्थिक बर्षको पहिलो छ महिनामा नै सत् प्रतिशतमा कर्जा खराव देखिएको छ भने खुुद नोक्सानी बढेर ८७ लाख रुपैयाँ पुुगेको छ ।

    चालुु आार्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा अन्य फाईनान्सहरुले लाखौं रुपैयाँ खुुद नाफा कमाए पनि समृद्धिले भने लाखौं रुपैयाँ नोक्सानी बेहोरेको छ ।

    चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक नाफा ८७ लाख ८६ हजार ६८ रुपैयाँले ऋणात्मक देखिएको छ । गत आवको सोही अवधिमा फाईनान्सले ३२ लाख ६० हजार पाँच सय ५० रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।

    चुक्ता पुंजी १८ करोड १९ लाख ८० हजार तीन सय रुपैयाँ रहेको फाईनान्सले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ८३ लाख ३६ हजार एक सय चार रुपैयाँ निक्षेप संकलन गरी छ लाख लाख दुुई हजार सात सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    सो अवधिमा १७ लाख ५३ हजार नौ सय ४२ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा सत् प्रतिशत कर्जा खराव देखिएको छ ।

    गत आवको सोही अवधिमा भने फाईनान्सले सात करोड ४४ लाख ४६ हजार आठ सय २० रुपैयाँ निक्षेप संकलन गरेकोमा २६ लाख पाँच सय ८० रुपैयाँ खुद व्याज आम्दानी गरेको छ थियो भने सत् प्रतिशत कर्जा खराव रहेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …