• काठमाडौं, २० माघ । अध्यक्ष तहमा जारी राप्रपाहरुको एकता वार्ता हाल अन्योलमा छ । चुनाव चिन्हमा सहमति बन्न सकेको छैन ।

    पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच पटक–पटक सम्पन्न वार्ता सकारात्मक गतिमा थियो । यद्यपि पार्टी एकताका सबै विषयहरु निष्कर्षमा पुग्न भने बाँकी नै थियो ।

    एकीकृत पार्टीको नीति, सिद्धान्त र तीन अध्यक्ष कायम हुने समझदारी भए पनि आन्तरिक भागबण्डा कसरी गर्ने भन्ने विषयमा अन्तिम टुंगो लागि नसकेको बताइएको छ । यसैबीच चुनाव चिन्हको विषयलाई लिएर गतिरोध उत्पन्न भयो ।

    पार्टी सुत्रअनुसार, एकता भएको तीन महिनामा कार्यसम्पादन समितिबाट चुनाव चिन्हको विषय छिनोफानो गर्ने प्रस्ताव थियो । तर, अन्तिम समयमा थापाले महाधिवेशनमा चुनाव चिन्ह टुंगो लगाउने प्रस्ताव अघि सारेपछि सहमति भएन ।

    गतिरोधपछि राप्रपा नेपाल पक्षले महाधिवेशनमा जाने बताएको छ । राप्रपा (संयुक्त) ले भने वार्ताप्रति आफूहरु सकारात्मक र आशावादी रहेको बताएको छ । यसबाट बल थापाको कोर्टमा छ भन्ने प्रष्ट देखिन्छ ।

    एक नेताका अनुसार, ‘चुनाव चिन्हमा आम कार्यकर्ताको भावनात्मक सम्बन्ध हुन्छ, यसमा दुईमत छैन । यस्तो संवेदनशील विषय महाधिवेशनमा लैजादा सही मानेमा पार्टी एकता हुन सक्दैन, एकीकृत पार्टी फेरी फुट्ने संभावना रहन्छ ।

    चुनाव चिन्हकै विषयमा माथिदेखि तलसम्म ध्रुवीकरण हुने भएकोले अन्य कुनै विकल्प अपनाउनु बुद्धिमानी हुन्छ जो छलफल र सुझबुझबाट समाधान गर्न सकिन्छ ।’ राप्रपाहरु एक हुनुपर्छ भन्ने कार्यकताहरुको देशव्यापी चाहना र दबाब छ । अब नेतृत्वले कस्तो बाटो अपनाउछ हेर्न बाँकी नै छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…