• धनुषा । मोबाइलको मेमोरी कार्डको विषय विवाद हुँदा परिवारका चार जनाले मिलेर एक धनुषामा एक युवतिको हत्या गरेका छन् । हत्याको आरोपमा प्रहरीले मृतकका श्रीमानसहित चारै जानलाई पक्राउ गरेको छ ।

    २२ वर्षीया चिन्तामणि पासवानको हत्या आरोपमा पक्राउ परेका श्रीमान् अनिल पासवान, ससुरा राधाकृष्ण पासवान, सासू कुमला पासवान र नन्द पुनिता पासवानलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

    गएको माघ १८ गते मोबाइलको मेमोरी कार्डको विषयमा चिन्तामणिको नन्द पुनितासँग विवाद र झैझगडा भएको र त्यही विषयलाई लिएर परिवार नै मिलेर निर्ममतापूर्वक कुटपिट गरी चिन्तामणिको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

    उनको हत्या गरेर ससुरा पक्षका व्यक्तिहरुले झुण्डिएर आत्महत्या गरेको भनि हल्ला–खल्ला गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेर फरार भएपछि घटना थप शंकास्पद बनेको प्रहरीले जनाएको छ ।

    प्रहरीले हत्या आरोपित ससुरा र श्रीमानलाई जनकनन्दनी गाउँपालिका २ को बलहा टोलबाट गएको माघ १९ गते लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो । साथै सासु र नन्दलाई घरबाटै पक्राउ गरिएको हो ।

    पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …