काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा लोक गायक बद्री पंगेनीलाई पितृशोक परेको छ ।
लामो समयदेखि दम रोगबाट ग्रसित पंगेनीका पीता बोजराज पंगेनीको आज ७० बर्षको उमेरमा निधन भएको हो । उपचारका लागि केहि दिन अघि पाल्पाबाट काठमाडौं ल्याइएकोमा उनको उपचारकै क्रममा निधन भएको हो ।
उनको शव पाल्पा रामपुरनै लगिएको छ । उनका दुई छोरा र एक छोरी छन् । उनको जेठो सन्तान गायक बद्री हुन् ।