प्रेमा सेल्भमले चर्को आर्थिक अभाव टार्न भारु १५० मा आफ्नो टाउको मुण्डन गरेर कपाल बेचिन् । प्रेमालाई बालबच्चा हुर्काउन आर्थिक समस्याले गाँजेपछि सानै आम्दानीका लागि कपाल बेच्नु वाध्यता भयो । उनीसँग आर्थिक उपार्जनका लागि अर्को उपाय पनि त थिएन ।
भविष्यमा उच्च उपलब्धि हासिल गर्ने महत्वाकांक्षा बोकेकी प्रेमाका पतिले आत्महत्या गरेपछि उनी संकटको भुँवरीमा परेकी हुन् । तैपनि उनमा झिनो आशा बाँकी नै छ,हिम्मत हारेकी छैनन् प्रेमाले ।
प्रेमाको हिम्मत बढाउन उनकै कपाल सहारा बनेर आएको छ । कपाल बिक्री हुने निश्चित भएपछि उनलाई ससानो भएपनि आम्दानीको स्रोत फेला परेको हो ।
प्रेमाको टाउकोमा भएको असंख्य रौंको कारण नै आज उनी बाँचिरहेछिन् । न उनमा नैराश्यता छ न त कुनै साहुको रुपैयाँ प्रतिको लालचता । जे भएतापनि कपाल बेचेर उनले आफ्ना सन्तान र आफ्नो पेटभर्न पाएकी छिन् ।
आर्थिक अभावमा डुब्दा
पतिको आकस्मिक मृत्यु हुनु पूर्व आफ्नो सानो परिवारको साथमा उनी दक्षिण भारतको तामिल नाडुको एउटा इटाभट्टामा जिविकोपार्जन गर्थिन् । उनीहरुमा धनी बन्ने रहर थियो । बढ्दो महत्वाकांक्षा थियो । पतीको आग्रह अनुसार उनीहरुको योजना भट्टा सञ्चालन गर्ने थियो । तर योजना शुरु हुन नपाउँदै उनका स्वामीले आकस्मिक रुपमा अर्कै बाटो समाते र संसारबाट विदा लिए ।
परिवारका सदस्यको पालनपोषण त छदैँछ, विगतमा आफ्नो श्रीमानले लिएको पारिवारीक ऋणले प्रेमाको मनको ज्वाला धेरै दन्किँदै जान्छ । उनको मानसिकतामा आफ्नो दुई बालबालिकाले आफूसँग काम गर्नु पर्छ भन्ने सोचको विकास पनि हुन्छ । उनी दिनदिनै भारु २०० कमाउन भ्याएकी हुन्छिन् । उनको काम सधैं टाउकोमा ईट्टा बोक्ने हुनेगर्छ । उनी भन्छिन्,“मेरो छोरा कल्यापनलाई विद्यालयबाट फर्के पछि चिया–नास्ता पनि दिनुपर्यो ।”
प्रेमासँग न वर्तन छ न त कुनै गरगहना, न त महत्वपूर्ण सामग्री न भान्साघरका सामग्री नै । उनी विल्कुल रित्तो छिन् । उनलाई पैसा सट्टापट्टा गर्ने चल सम्पत्ति नै शून्य छ ।
प्रेमा भन्छिन्,“मेरो सम्पत्ति भन्नु यही १० को नोट हो र प्लाष्टिकको ठूलो बाल्टी ।”
उनले एउटा कपाल खरिद बिक्री गर्ने पसलको बारेमा कहिँबाट थाहा पाइन । यो कम्पनीले विदेशमा काटिएको बाल बेच्दो रहेछ । यसैपनि हिन्दू धर्ममा धेरै धर्मावलम्बीले आफ्नो मनोकांक्षा पूरा गर्न मन्दिरमा कपाल काट्ने चलन चलेको केही भक्तहरुले प्रेमालाई सुनाएका थिए ।
उनले भनिन,“पहिलो पटक मैले त्यो स्थानमा गएर आफ्नो कपाल साफ गरें अनि रु १५० पाएँ ।” त्यो पैसाले उनले रेष्टुरेण्टमा भरपेट खाना खान पाउने भइन् । केही सामग्री किन्न पनि उनले भ्याइन । उनका अनुसार रु २० उनको तीन सन्तानको ३ प्लेट खानाको लागि खर्च गरिन रे !
मन आत्तिँदा
केही सामग्री जसले जीवनलाई प्रफुल्लित पारोस् प्रेमाको मनोकांक्षा त्यही नै थियो । उनको गरिबी बुझेर उनको हालतलाई दुर्बिन लाउँदै पसलले केही सामग्री नबेच्ने निर्णय ग¥यो । उनी घर फर्किन् र आफ्नो जीवनको एकोहोरो यात्रा पनि चलिरह्यो । छिमेकमा बस्ने आफ्नै बहिनीलाई केही रकम सहायता गर्दै केही जीवनका नौला आशा उनले बोकिन् । तर केही समयपछि उनको उदारता आफ्नो बहिनीले भुलिन् ।
बाला मुरुगनलाई आफ्नो साथीको भयानक गरिबीको बारेमा थाहा थियो । गरिबीको अँध्यारो संसारमा जीवन चलाउन मुस्किलै पर्ने गर्छ । त्यसो त उनी पनि १० वर्षे उमेरमा आफ्नो हजुरआमाले केही पुस्तक बिक्री गर्दै खाना खुवाएको संम्झना गर्छिन् ।
धेरै नै दुःखको कारण बालाकी आमाले पनि झण्डै देह त्याग गरेकी थिइन् । चिकित्सककोमा उपचारको लागि छिटो सम्पर्क गर्न भ्याएकोले मात्र उनी बाँच्न सकेकी हुन् । एकाएक आमाको मन पग्लिएर गएको सुनाउँछिन् बाला ।
हाल बाला चरम आर्थिक अभावको अवस्थालाई हटाएर कम्प्युटर चलाउने सफ्टवेयर कार्यमा व्यस्त रहेकी छिन् । बालाले प्रेमालाई अँध्यारो मुख लाएर जीवनमा नबस भनि सुझाव दिन्छिन् । उनी खानेकुरा किन्न प्रेमालाई केही पैसा सहयोग पनि गर्छिन् ।
बालाको आम्दानी औसत दिनकै १ लाख २० हजार रहेको बताउँदा त्यो पैसाले प्रेमाको ऋणको भार हट्ने प्रेमाको सोच हुन्छ । बालाको अनुरोधमा प्रेमाले अरु ऋण बढाउँदिनन् ।
यस्तो आर्थिक अभाव न्यून आम्दानी भएका मानिसमा देखिने कमजोरी नै हो । न उनीहरुमा आयश्रोत नै हुन्छ । न त कुनै काम । विश्व वैंकले भारतलाई अल्पसंख्यक न्यून ज्याला पाउने मानिसको संख्याको चाप धेरै हुने मुलुकको कोटीमा राखेको छ ।
प्रेमा जस्तै धेरै मानिसले कमाउन त परै जाओस् लेख्न, पढ्न पनि भ्याएका छैनन् । यस्ता श्रमजिवी मानिसका लागि सरकारले आर्थिक कानून नीति तर्जुमा गरेको पनि देखिन्छ ।
धन्य छ, बाला र प्रेमा जस्ता महिलालाई जो अथक संघर्षका साथ जीवन जीउन नयाँ सोचका साथ काममा लागि परेका छन् ।
प्रेमा भन्छिन्,“आर्थिक अभावमा मानिसले देह त्याग गर्नु उसको नराम्रो पक्ष हो । ऋण छ त के भो, म मेहनत गरेर यो ऋण अवश्य तिर्नेछु ।” (स्रोतः विविसी)