• पथरी । केही सातादेखि विभिन्न सामाजिक सञ्जालमा पथरी जेसीजको चुनावको विषयलाई लिएर आएका अभिव्यक्तिका बारेमा पथरी जेसीजले सोमवार एक विज्ञप्ती जारी गरेको छ ।
    गत पौष २६ गते पथरी जेसीजको विधान अनुरुप विधि पूर्वक जेसीजको प्रचलितमा निर्वाचन सम्पन्न गरेको र पौष १६ गते पदस्थापन समेत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । शाखाका अध्यक्ष सन्तोष ढुङ्गेल र महासचिव सुवर्ण खत्रीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ –‘यस विचमा उम्मेदवारहरुबाट निर्वाचन सम्बन्धि कुनै निवेदन÷उजरी नेपाल जेसीज र पथरी जेसीजमा प्राप्त नभएको समेत जानकारी गराउँछौ ।’ पथरी जेसीजको विषयमा शाखाका पूर्व अध्यक्षहरु, नेपाल जेसीजका पूर्व राष्ट्रिय पदाधिकारीहरुबाट सामाजिक सञ्जालमा भएको पोष्ट, कमेन्टहश्रप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरिएको छ । यस्ता क्रियाकलापले बन्धुत्वको भावना बिथोल्ने कार्य समेत गरेका हुँदा एउटा स्वतन्त्र शाखाको बारेमा भ्रम नफैल्याउन अपिल गर्दै सम्पूर्ण जेसीज मनहरुमा भ्रम नपर्न पथरी जेसीजले आग्रह गरेको छ । पथरी जेसीजले शाखाको नै गरिमालाई आँच आउनेका किसिमका गतिविधि र अनावश्यक प्रचारवाजी गर्नै व्यक्तिहरुलाई कार्वाही गर्न समेत नेपाल जेसीजलाई आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…