• झापा, ३ माघ । नारी सञ्चार गृह झापाले पत्रकार माया पकुवाललाई ७३ हजार ३ सय ७० रुपैँया उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

    दुवै मृगौला ड्यामेज रहेकी बरुण साप्ताहिककी सम्पादक पकुवालको उपचारका लागि विभिन्न दाताहरुसँग संकलन गरेको रकम संस्थाले हस्तान्तरण गरेको हो ।

    सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल, सचिव अम्बिका भण्डारी, सदस्यद्वय भीमा शिवाकोटी र रेजिना गौतमले मेची अञ्चल अस्पतालमा डायलोसिस गरिरहेकी पकुवाललाई मंगलबार उपचार कक्षमै पुगेर ६३ हजार ३ सय ७० रुपैयाँ हस्तान्तरण गरेका थिए ।

    संस्थाले यस अघि १० हजार रुपैयाँ उनलाई हस्तान्तरण गरेको थियो । गृहले दुवै मृर्गौला खराब भएर उपचार गराइरहेकी पत्रकार पकुवाललाई सहयोग गर्नका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सामाजिक सञ्जाल फेसबुकबाट अपील गरेको थियो ।

    सोही अनुरुप नै नेवा देय् दबु जिल्ला समितिले ११ हजार, हाल कोरियामा रहेका मेचीनगरका पत्रकार दिनेश कार्कीले १० हजार, विलिभर्स इस्र्टन चर्च भद्रपुरका फादर जगत वाग्लेले ७ हजार, काठमाडौंमा रहेकी पत्रकार निशा ओलीले ५ हजार, गोर्खा टेलरिङ सेन्टरका प्रोपाइटर विरु दर्नालले ५ हजार, अर्जुनधारा उद्यमशील महिला संघले ५ हजार र विभिन्न व्यक्ति तथा संस्थाले पत्रकार पकुवालको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नारी सञ्चार गृहमार्फत सहयोग प्रदान गरेका थिए ।

    पत्रकार पकुवालको यही माघ महिनाभित्रमा मानव अंग प्रत्यारोण केन्द्र भक्तपुरमा मृर्गौला प्रत्यारोपण गरिने उनका श्रीमान सञ्जय प्रधानले बताए ।

    उनलाई श्रीमानका दाजु सौरभ प्रधानले एउटा मृर्गौला दान दिने भएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…