• काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को बैठक साउन १८ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा पदाधिकारीहरुको बैठक बसेको छ भने २२ गतेदेखि दोस्रो चरणमा केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।

    जारी बैठकमा पार्टीभित्र असन्तुष्टिका स्वरहरु सुनिन थालिएको छ । खासगरी यसअघि महन्थ ठाकुरले नेतृत्व गरेको तमलोपामा आबद्ध नेताहरुमा त्यस्तो असन्तुष्टि देखिएको हो । पश्चिम मधेशका नेताहरु हृदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृजेश गुप्तालगायतका नेताहरुले राजपा नेपालमाथि असन्तुष्टि जनाउँदै बैठक समेत बहिष्कार गरेका छन् ।

    असार १४ गते भएको दोस्रो चरणको चुनावपछि यी नेताहरु पार्टीभित्र असन्तुष्टि जनाउँदै आएका छन् । त्यस यता उनीहरु कुनै पनि बैठक तथा छलपलहरुमा भाग लिएका छैनन् । पार्टी नेतृत्वले पटक–पटक बैठकमा उपस्थित हुन आग्रह गरेपनि उनीहरु बैठकमा आएका छैन ।

    उनीहरुले बैठक बहिष्कार गरेपछि राजपा नेपाकका संयोजक महन्थ ठाकुरले पश्चिम मधेशका असन्तुष्ट नेतालाई बोलाएर हिजो छलफल गरेका छन् । पदाधिकारीको बैठक बस्नुअघि बिहान नौबजे तमलोपाको पूरानो कार्यालयमा तमलोपा पक्षधर नेताहरुको बैठक बोलाइएको थियो ।

    स्रोतका अनुसार बैठकमा असन्तुष्ट नेताहरुको बारेमा छलफल भएको थियो भने राजपा नेपालभित्र तमलोपाको भूमिकाको बारेमा पनि छलफल भएको थियो ।

    छवटा पार्टी मिलेर बनेको राजपा नेपालभित्र अहिले छवटै अध्यक्षको बराबरको भूमिका रहेको छ । ‘एउटा सांसद रहेको पार्टीको पनि त्यही भूमिका, ११ जना सांसद रहेको पार्टीको पनि त्यही भूमिका हुने न्याय संगत नभएको’ बताउँदै तमलोपा समूहका नेताहरुले उठाएका छन् ।

    ‘पार्टीभित्र सबैको अधिकार बाराबर हुनै सक्दैन, यदि त्यस्तो हो भने सानो–ठूलो पार्टीको अर्थ के रहन्छ ?’ त्रिपाठीले महन्थ ठाकुरसँग कुरा राखेको स्रोतले जनाएको छ । उनले राजपा नेपालले तयार पारेको अहिलेको विधानले गर्दा तमलोपाका नेताहरुलाई समायोजन गर्न गाह्रो हुने कुरा पनि छलफलमा राखेका थिए ।

    यही विधानको आधारमा राजपा नेपाल चल्न नसक्ने बताउँदै यसलाई व्यापक संशोधन गर्नुपर्ने कुरा त्रिपाठीले बैठकमा राखेको बताइन्छ । यही विधानका आधारमा पार्टी अगाडि बढ्यो भने आफूहरुलाई त्यहाँ काम गर्न गाह्रो हुने कुरा त्रिपाठीले प्रष्ट रुपमा राखेको स्रोतले जनाएको बताइन्छ ।

    राजपा नेपालमा छजना प्रत्यक्ष जितेका सांसद रहेका छन् त्यसमध्ये तीनजना पश्चिम मधेशका रहेका छन् । तमलोपाको आधार क्षेत्र पश्चिम मधेश हो, तर राजपा नेपालमा पश्चिम मधेशलाई वाइपास गरिरहेको गुनासो संयोजक ठाकुरसमक्ष उनले गुनासो गरेका छन् ।

    राजपा नेपालको कार्यसमिति ८१५ जनाको रहेको छ । जसमध्ये करिब ११५ जनामात्र पश्चिम मधेशबाट केन्द्रीय कार्यसमितिमा राखिएका छन् । सो पार्टीमा १३६ पदाधिकारी रहेका छन् त्यसमध्ये पश्चिम मधेशका १४ जना मात्र परेका छन् ।

    राजपासँग २५ जना सांसद छन् (एकजना निलम्बन) त्यसमध्ये छजनाले मात्र प्रत्यक्ष जितेका छन् । प्रत्यक्ष जितेकामध्ये सर्वेन्द्रनाथ शुक्ला, वृजेश गुप्ता, कमलेश्वपुरी गोस्वामी गरी तीनजना पश्चिम मधेशबाट नै जितेका छन् । राजपा नेपालले १९ जनालाई समानुपातिक सांसद बनाएको छ त्यसमध्ये ४ जना मात्र पश्चिम मधेशलाई दिइएको छ ।


सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …