काठमाडौं, २३ माघ । चर्चित गायिका टीका प्रसाई र लोकपृय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठको आवाजमा रहेको रोमान्टिक गीत ‘पिरती नाप्ने के ले हो ?’ सार्वजनिक भएको छ । गीतको शब्द रबीन स्वप्निल गिरीले कोरेका हुन् भने संगीत दिपकराज विश्वकर्माको रहेको छ ।
सार्वजनिक गीतमा नायिका रिस्ता बस्नेत र सन्जिब थेबे लिम्बुलाई देखाइएको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीति भिडियोमा सन्जिब र रिस्ताको रोमान्टिक नृत्यले श्रोताको ध्यान खिच्छ । रफ, टफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री सुहाएको देखिन्छ ।
भिडियो हेरौं-
https://youtu.be/eVMvdlNwNVM