• बाहुण्डाँगी । धनगढी लेडी जेसीजले वर्ष २०२० को पहिलो महिनामा नै उत्कृष्ट शाखा अवार्ड पाउन सफल भएको छ ।
    नेपाल जेसीजले प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत धनगढी लेडीले एरिया डि बाट जनवरी महिनाको अवार्ड जित्न सफल भएको हो ।
    नेपाल जेसीजले मंगलवार साँझ सार्वजनिक गरेको पहिलो महिनाको अवार्डमा कार्य सम्पादनको आधारमा ४९ वटा शाखालाई पछि पार्दै धनगढी लेडीले जेसीज अफ द मन्थको अवार्ड जित्न सफल भएको हो ।
    ‘यो अवार्डले अझ उर्जा मिलेको छ’ धनगढी लेडी जेसीजकी २०२० की अध्यक्ष लक्ष्मी शाही चन्दले भन्नु भयो–‘आगामी दिनमा अझ प्रभावकारी रुपमा कामहरु गर्दै युवाहरुको व्यक्तित्व र नेतृत्वका क्षेत्रमा काम गर्ने छौँ ।’
    अध्यक्ष शाहीले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकर, निरुपित कार्यकारीणी उपाध्यक्ष शोभा खरेल र निरुपित उपाध्यक्ष राकेश गुरुङप्रति आभार प्रकट गर्दै यो अवस्थासम्म ल्याउनका लागि अहोरात्र लागि पर्ने शाखाका पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
    धनगढी लेडी जेसीजको नेतृत्व सम्हाल्नु भएकी शाहीले जनवरी महिनामा पर्यटन वर्ष विषेश कार्यक्रम, ट्राफिक सचेतना, आँखा शिविर, कपडा वितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…