• काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउंँसोबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने छ ।

    वरिष्ठ मौसमविद् शान्ति कणेलका अनुसार शुक्रबार बिहान उपत्यकामा आंशिक बदली रहेको छ । त्यसैगरी देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ ।

    तराई भने सफा रहेको छ । कणेलका अनुसार नवलपरासी आसपास भने हल्का कुहिरो लागेको छ ।

    शुक्रबार पश्चिमी पहाडी स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै उच्च पहाडी स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद् कणेलले बताइन् ।

    काठमाडौंमा भने वर्षा हुने सम्भावना छैन । बदलीले मौसममा छिनछिनमा परिवर्तन भने हुन सक्नेछ ।

    यता महाशाखाले शुक्रवारबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

    यस्तो छ शनिबार र आइतबारको पूर्वानुमान
    माघ २५ गते (शनिबार)
    दिउँसोः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भु(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    रातीः देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

    माघ २६ गते (आइतबार)
    दिउँसोः देशका पूर्वी भूभाग र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भूभागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

    रातीः देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाकि भूभागमा मौसम सामान्यतया सफा रहने छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…