• एजेन्सी, २४ माघ । तीन सातादेखि चीनबाट सुरु भएर हाल विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट ज्या’न गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ । बिहीबार मात्रै चीनमा ७३ जनामा मानिसको ज्या’न गएको र ३ हजार एक सय ४३ जना सं’क्रमित भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।

    चीनमा सो भाइरसबाट सोमबार ६४, मंगलबार ६६, बुधबार ७३ तथा बिहीबार पनि ७३ जनाको ज्या’न गएको हो ।

    यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्या’न गइसकेको छ । चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा २ सय १ जना सं’क्रमित भएका छन् ।

    यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनमा रहेका एक सय ८० जना नेपालीलाई नेपाल फर्काउँदै छ । सरकारले ती नेपालीलाई काठमाडौँ ल्याएर छुट्टै राख्ने ठाउँको टुँगो लगाएको छ भने २ विमान तयारी अवस्थामा राखेको छ ।

    यसैबीच रहस्यमयी कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको बिहीबार मृ’त्यु भएको छ । चिनियाँ चिकित्ुक ली वेनलियान्गको बिहीबार चीनमा मृ’त्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृ’त्यु कोरोना भाइरसको सं’क्रमणका कारण भएको हो ।

    जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भाइरसबारे मानिसहरुलाई चे’तावनी दिएका थिए ।

    यसपछि चीनको स्थानीय स्वास्थ्य विभागले ३४ वर्षीय डाक्टर ली वेनलियान्गसँग सोधपुछ गरेको थियो । यतिमात्र होइन वुहान प्रहरीले डाक्टर ली वेनलियान्गलाई नोटिस पनि दिएको थियो र सामाजिक सञ्जालमाफर्त अ’फवाह फैलाएको आ’रोप लगाएको थियो ।

    कोरोना भाइरसबाट सं’क्रमित भएपछि डाक्टर ली वेनलियान्ग १२ जनवरीमा अस्पतालमा भर्ना भएका थिए । उनी एक सं’क्रमितको सम्पर्कमा आएपछि कोरोनाको चपेटामा परेका थिए ।

    डाक्टर ली वेनलियान्गले गएको ३० डिसेम्बरमा एक च्याट ग्रुपमा साथी डाक्टरहरुलाई सन्देश पठाएर यो भाइरसबारे जानकारी दिएका थिए ।

    डाक्टर ली वेनलियान्गले आफ्ना साथी डाक्टरहरुलाई यो भाइरसबाट बच्न विशेष कपडा लगाउन चे’तावनी दिएका थिए ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली वेनलियान्गको मृ’त्युमा दुःख व्यक्त गरेको छ । संगठनले एक ट्वीट गर्दै उनको नि’धनमा निकै दुखी भएको बताएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …